पेट्रोलियम पदार्थमा एक रुपैयाँ मूल्य घटयो

image आँखा संवाददाता बुधबार, आषाढ ३० २०७८
image

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मूल्यवृद्धिलाई लिएर देशभर संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि निगम मूल्य घटाउन बाध्य भएको हो। 
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए। 
निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागु हुनेगरी पेट्रोल डिजेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।