कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

image आँखा संवाददाता आइतबार​, आषाढ २७ २०७८
image

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । 

ब्राजिलको रियो दी जेनेरियोको माराकानो स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । 

डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो । यता ब्रजिलले भने लगातार दोस्रो पटक उपाधि जित्नबाट बञ्चित भएको हो ।