अग्रजलाइ सम्मान गर्दै भद्रपुर जेसिजले मनायो स्थापना दिवस

image आँखा संवाददाता बिहीबार, आषाढ २४ २०७८
image

भद्रपुर जेसिजको ४६ औ स्थापना दिवस  २ जनालाइ सम्मान गर्दै मनाइएको छ । जेसिज भवन भद्रपुरमा भएको स्थापना दिवसमा संस्थापक उपाध्यक्ष कृष्ण दाहाल र सदश्य ओम प्रकास सरावगीलाइ सम्मान गर्दै दिवस मनाइएको हो ।

भद्रपुर जेसिजका मानार्थ सदश्य तथा प्रदेश सांसद ओम प्रकास सरावगीको प्रमुख आतिथ्य , जेसिज अध्यष निकास पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी सरावगी, विशिष्ठ अतिथी पूर्व राष्टिय उपाध्यक्ष हरी पोखरेल, जेसिजका निर्वतमान अध्यक्ष डिल्लीराम पोखरेल, पूर्व अध्यक्षहरु अनुज खतिवडा, अभिषेख ढुडगाना, किरण शर्मा, लोकनाथ भटराइ, जय तिम्सीना, उज्जल श्रेष्ठ, विर्ता जेसिजका अध्यक्ष राजीव धिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।महासचिव मनोज भटराइले कार्यक्रम संचालन गर्नुभएको थियो ।