सिद्धार्थ बैंकको ‘जेन-जेड’ बचत खाता खोल्दा ५ लाखको बीमा सुविधा

image आँखा संवाददाता शुक्रबार​, आषाढ २५ २०७८
image

काठमाडाैं । सिद्धार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै ल्याएकाे ‘जेन-जेड’ नामक बचत खातामा युवाकाे आकर्षण बढेको छ । बीमा तथा अन्य बैंकिङ सुविधा भएकाले याे खातामा युवाकाे चासाे बढेकाे बैंकले जनाएकाे छ ।

यो बचत खाता सन् १९९५ र सोभन्दा पछि जन्मेका ग्राहकले शुन्य मौज्दातमै खोल्न सक्नेछन् । नाबालकको हकमा पनि यो खाता खोल्न सकिने बैंकले जनाएकाे छ । अनलाइनबाट समेत खाेल्न सकिने याे खातामा ५ लाखसम्मको पूर्ण शारीरिक अशक्तता/दुर्घटना मृत्यु बीमा सुविधासमेत प्रदान गरिने बैंकले जनाएकाे छ ।

बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकको खातामा न्यूनतम मौज्दात १० हजार हुनुपर्नेछ । यस बचत खातामा ग्राहकले पहिलो २ वर्षका लागि निःशुल्क डेबिट कार्ड, इन्टरनेट मोबाइल बैंकिङ, डिम्याट/मेरो सेयर/सिआस्बाको सुविधा पाउने छन् ।

त्यस्तै खाता खाेलेकाे पहिलो १ वर्षका लागि क्रेडिट कार्ड पनि पाउने बैंकले जनाएको छ । एसएमएस अलर्ट, बैंक स्मार्टमा आईपीओ/एफपीओ/हकप्रद सेयर/म्युचल फन्ड अलर्ट, भाइबर बैंकिङ्ग, एबीबीएस, खाताको स्टेटमेन्ट, ई-कमर्स कारोबार (नेपालभित्रको लागि मात्र), कनेक्ट आईपीएस दर्ताको सुविधा रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र सिद्धार्थ बैंकस्मार्ट एप मार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशतसम्म छुटको सुविधा रहेको छ।