एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तराष्ट्रिय कल शुल्क

image आँखा संवाददाता बुधबार, जेष्ठ २६ २०७८
image

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ ।

एनसेलले नयाँ शुल्कहरु नियामक नेपाल दुरसञ्चार प्राधिकरणले दिएको स्वीकृत बमोजिमनै कल दर निर्धारण गरिएको हो ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली,माल्टा, जर्मनी,ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो ।

प्राधिकरणबाट स्वीकृति पाएसँगै सँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कलशुल्क अब अरु सेवाप्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तरराष्ट्रिय कलशुल्क अनुसार १८ वटा देशहरुको शुल्क कर बाहेक प्रतिमिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कलशुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो ।

अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवाप्रदायकले लिने शुल्कभन्दानिकैनै कम रहेको छ ।

प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट रु ३० रहे पनि कल गरिने गन्तव्यदेश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।