कविता : सबै महान !

image तिर्थ सिग्देल शनिबार, जेष्ठ २२ २०७८
image

कविता : सबै महान !

हिजोको स्टाटस फिर्ता लिए

बहुल रास्ट्रको आवाज उठाउने महतो

महान लाग्यो मलाई

अस्तिको स्टाटस पनि फिर्ता लिए

महतोलाई मन्त्री बनाउने केपि ओलि

त झन महान लाग्यो

केपि ओलिको सम्सद बिगठनको मुद्दा र प्रतिगमनको

बिरोध गर्ने माधव नेपालहरु अझ महान लाग्यो

एमाले एमाले अलग गराएर

नया सरकार बनाउने योजना बनाउने

सेरबहादुर देउवा त पुरै महान लाग्यो

बेलाबेला सत्ताको स्वाद चाखीरहने

कमल थापादेखि जनमोर्चाका केशी

साच्चै महान लाग्यो

प्रचण्ड र बाबुरामहरुका पछिल्ला

व्यबहार देख्दा उहाहरु अरु भन्दा महान लाग्यो

बाम्देबदेखि नारायणकाजी र रामबहादुरहरु

उपेन्द्र, रामचन्द्र र सिटौला त यसै महान नै थिए

अब त ज्ञानेन्द्र पनि महान बन्न खोज्दै गरेको देख्दा

कहिलेकाही श्री ५ को सरकारका मन्त्रीहरु

पनि अत्यन्तै महान लाग्यो

सत्ता र भत्तामा रमाएर देशलाई ओरालोतिर धकेल्ने

नेताहरुमा देखिएको महान बन्ने सपना देख्दा

जनता जनार्दनलाई मल, बीउ र हलो कुटो गरेको देख्दा

खासमा त ती किसान र आम जनता महान लाग्यो

-तिर्थ सिग्देल

ad