बैङ्किङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

image आँखा संवाददाता बिहीबार, जेष्ठ २७ २०७८
image

झापा , जेठ २७ । बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मेचीनगर वडा नं. ७ का ४१ वर्षिय पुष्पराज ढुङ्गाना रहेका छन् ।

उच्च अदालत बिराटनगर, ईलाम ईजलास ईलामले २०७६ फागुन २० गते बैङ्किङ कसुर मुद्धामा ढुङ्गानालाई दश दिन कैद, १७ लाख ७० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा . ७० हजार ८सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।

हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाउने जनाइएको छ ।

ad