कोभिड बिपदमा सहयोगी हात बढाउदै क्यापटेन समुह

image आँखा संवाददाता बिहीबार, जेष्ठ २७ २०७८
image

जेठ  २६ काठमाण्डौ ।  यती एयरलाइन्सका सिनियर क्याप्टेन रमेश श्रेष्ठ सहितको समुहले कोरोना भाइरस र निषेधाज्ञाका कारण प्रभाबित परिवार तथा समुदायलाई राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।  विभिन्न एयरलाइन्सका पाइलटहरुको समुहले दैनिक कामकाज ठप्प भई कष्टपुणर् जिवनयापन गर्न बाध्य व्यक्ति तथा परिवारलाई औषधि, मास्क, सेनिटाइजर, खाद्यान्न लगायतको राहत वितरण सञ्चालन गरेको हो  ।

 कोभिड १९ को यो विषम परिस्थितीमा मात्रै होइन अघिपछिका समयमा पनि गरिबि, बेरोजगार, अशिक्षा, अज्ञानता र अभावका बिच गुज्रिरहेको चेपाङ्ग, मिजार लगायतका समुदायलाई लक्षित गर्दै सो समुहले बुधबार धादिङ्गको बेनिघाट रोराङ गाउँपालिकामा १ सय २० भन्दा बढि परिवारलाई विभिन्न अत्यावश्यक औषधि, स्वास्थ्य सामाग्री एवम् खाद्यान्न वितरण गरेको छ ।

बेलायतमा बस्दै आएका मधु गुरुङ, जशु मुसेन्स र पोखरा निवासी बसुधा घोथाने लगायत व्यक्तिहरुबाट प्राप्त सहयोग मार्फत धादिङ्गमा बुधबार करिब ३ लाख बराबरको अत्यावश्यक सामाग्री वितरण गरिएको  थियो ।

ad