प्रेस काउन्सिलले राउटे युवतीमाथि दुर्व्यवहार घटनाको छानविन गर्ने

image आँखा संवाददाता शनिबार, जेष्ठ २९ २०७८
image

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले सुर्खेतमा राउटे युवतीमाथी भएको यौन दुर्व्यवहारको घटनाको छानविन गर्ने भएको छ । युटयुबमा आएको सामग्रीलाई सुक्ष्म तरिकाले छानबिन गर्ने भएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितीको शुक्रबार बसेको बैठकले युट्युबरबाट भएका आचारसंहिताका घटनामा अध्ययन गर्ने निर्णय गरेको हो। प्रेस काउन्सिल नेपालअन्तर्गत आचारसंहिता उपसमिति बैठकले पीडितलाई थप पीडा पुर्याउने, व्यक्तिको गोपनियतामा थप असर पार्ने, किशोरीकै समुदायभित्र सामाजिक विभेद एवं घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामा समेत खतरा उत्पन्न गराएकाे औल्याउँदै अध्ययन गर्ने निर्णय गरेको हो ।