गुण्डा नाइकेका रुपमा परिचित नेपाली कांग्रेसका नेता गणेश लामा पोखराबाट पक्राउ

image आँखा संवाददाता बिहीबार, जेष्ठ २७ २०७८
image

काठमाडौं । ‘डन’ को रुपमा प्रचारित नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा छिचोल्दै पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।

लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको बुझिएको छ ।

गण्डकी प्रदेशमा आज पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छँदा लामा पोखरा पुगेका हुन् । प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।

विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा अहिले कांग्रेस राजनीतिमा छन् । उनले कांग्रेसबाट प्रदेश सभामा चुनाव लडेर पराजित भएका थिए ।