कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा

image आँखा संवाददाता शनिबार, जेष्ठ २९ २०७८
image

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।