चितवनबाट सुजता भण्डारी बेपत्ता , अपहरण भएको आशंका

image आँखा संवाददाता ३ बर्ष अगाडी
image

असार १२ काठमाण्डौ । चितवन स्थित राप्ती नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २३ कि सुजता भण्डारी हिजो देखि बेपत्ता भएकी छन । हिजो बिहान ६ बजे कामको सिलसिलामा घरबाट बाहिर निस्केकी भण्डारी अबेला सम्म घर नआएपछि घरपरिवारले खोजतलास गरेका थियो ।
बेपत्ता भएको ६ घण्टा पछि हिजो दिउँसो १२ बजे आफ्नी दिदीको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन गर्दै सडकबाट आफुलाई जबरजस्ती उठाएको भण्डारीले बताएकी थिईन । हाल सम्म पनि उनि सगँ सम्पर्क हुन सकेको छैन ।


त्यसपछि अहिले सम्म कुनै खबर नआएको आमा अम्बिका भण्डारीको भनाइ छ । 
उनले अपरहणमा परेको जानकारी गराएको सम्पर्क नम्बर ९८४९८४९०६९ र ९८१२२७४४०८ रहेको छ । तर यी दुबै नम्बरमा नेपाल प्रहरीले लोकेसन टेस्र गर्दा उनिहरु भएको स्थान पत्ता नलागेको अपराध महाशाखाले जनाएको छ । यद्यपी प्रहरीले खोजि कार्य तिब्र बनाएको आँखा डटकमलाई जानकारी दिएको छ ।