माओवादी केन्द्र भद्रपुरले ५१० परिवारलाई खाद्यन्न बाढ्यो

image आँखा संवाददाता आइतबार​, जेष्ठ ३० २०७८
image

भद्रपुर, ३० जेठ । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको अगुवाईमा भद्रपुर नगर क्षेत्रका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्ने लक्ष्य लिएर खाद्यन्न बैंक स्थापना गरिएपछि बन्दाबन्दीका कारण गाँस जुटाउन समस्यामा परेका ५१० अति विपन्न परिवारलाई खाद्य सहयोग गरिएको छ ।

माओवादी केन्द्र झापा क्षेत्र नम्बर ३ का सह इन्चार्ज डिल्लीराम घिमिरे (हिक्मत) को नेतृत्वमा रहेको खाद्यन्न बैकमा संकलित खाद्य सामग्रीबाट ५१० परिवारलाई ३,५७०००।— (तीन लाख सन्ताउन्न हजार) मूल्य वरावरको वितरण गरिएको हो ।

विपन्न बचाउ अभियानका परिकल्पनाकार तथा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीका अनुसार नगर क्षेत्रमा ५ दिनसम्म अति विपन्न परिवारका ५१० घरपरिवारलाई प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक पोका नुनका दरले वितरण गरिएको थियो ।

बन्दाबन्दीका कारण रोजगारी गुमेका, अशक्त, बृद्धबृद्धा, अपाङ्ग लगायत अति विपन्न परिवारका व्यक्तिहरूले खाद्य सहयोग लिएका हुन् । अध्यक्ष राजभण्डारीका अनुसार निकट भविष्यमै असहाय तथा एक्लो सहशुस गर्ने अवस्थामा रहेका सकृय संक्रमित परिवार लक्षित आत्माबल र शारीरिक बल  बढाउने कार्यक्रम लिएर जाने तयारी गरिएको छ ।

 

 

ad