लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

image आँखा संवाददाता बुधबार, जेष्ठ २६ २०७८
image

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधवारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल कारबाही गर्न बैठकमा निर्देशन दिएका थिए ।

ad