अढाई लाखका बाख्राका पाठी वितरण

image आँखा संवाददाता शनिबार, आषाढ ५ २०७८
image

शिवगञ्ज / ५ असार । विपन्न परिवार उत्थान कार्यक्रम अन्तरगत ५० जना अतिविपन्न परिवारलाई बाख्राको  पाठी वितरण गरिएको छ। विपन्न वडाबासीले स्वावलम्बी, आत्मानिर्भर, आर्थिकरूपमा सबल बनाउने उद्देश्यले बाख्राका पाठी वितरण गरिएको हो ।

झापा शिवसताक्षी नगरपालिका ६ वडाकार्यालय शिवगञ्जले ती पाठी वितरण गरेको हो । वडाभित्रका सिमान्तकृत, दलित, असहाय र कमजोर आर्थिक अवस्था भएका परिवारको पहिचान गरी उन्नत जातका बाख्राका पाठी वितरण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

त्यसरी वितरण गरिएका बाख्राका पाठी  दुई लाख ५० हजार बराबरको भएको जनाइएको छ।