झापामा थप दुईजनाको कोरोनाबाट मृत्यु

image आँखा संवाददाता बुधबार, जेष्ठ २६ २०७८
image

झापा , जेठ २६ । झापामा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुने दुवैजना बृद्ध रहेका छन् । गएराति हल्दिबारी ४ का ६४ वर्षिय बृद्धको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । योसँगै हल्दिबारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

त्यस्तै बिर्तामोडमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिर्तामोड वडा नं ५ का बिक थरका ६० वर्षिय बृद्धको हिजो बेलुका घरमै मृत्यु भएको हो । उनलाई बिर्तासिटी हस्पिटलमा उपचार गराई घर लगिएको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । योसँगै कोरोनाको नयाँ भेरियन्टबाट बिर्तामोड ५ मा मात्र मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

ad