बुद्धशान्तिको आइसोलेसन सेन्टरलाई शिवाकोटी परिवारको ५१ हजार सहयोग

image आँखा संवाददाता शनिबार, जेष्ठ २९ २०७८
image

बुधबारे, जेठ २९ । झापा बुद्धशान्ति-२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ ।

कोभिड नियन्त्रणमा बुद्धशान्ति गाउँपालिकाको भूमिका महत्त्वपूर्ण र प्रभाबकारी भएको भन्दै शिवाकोटी परिवारले सहयोग गरेको हो । आफ्ना स्वर्गीय श्रीमान् तथा बुबा राधाप्रसाद शिवाकोटीको स्मृतिमा बुद्धशान्ति-२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई  ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो ।

स्वर्गीय राधाप्रसादका श्रीमती रमादेवी र छोरा उद्दब शिवाकोटीले सो सहयोग रकम र सामग्री गाउँपालिका अध्यक्ष भुजेललाई शनिबार हस्तान्तरण गर्नुभयो । बुद्धशान्ति-२ का राधाप्रसाद शिवाकोटीको २०५२ सालमा निधन भएको थियो ।