बिश्वका चर्चित लगानीकर्ताले कस्ता नियम अपनाउछन ? हामीले के सिक्ने ?

image आँखा संवाददाता बुधबार, जेष्ठ २६ २०७८
image

लगानीकर्ताहरु प्राय कुराहरुमा सहमत हुँदैनन् तर, उनीहरु बजारमा पैसा कमाउन केही नियम वरिपरि दृढ रणनीति बनाउनु पर्छ भन्ने कुरामा सहमत हुन्छन्।

केही समयका लागि आफु लगानीकर्ता भएको सुरुवाती दिनहरु सम्झनुहोस्। यदि तपाई अधिकांश अरुजस्तो हुनुहुन्छ भने, तपाई निकै थोरै ज्ञानका साथ बजारमा प्रवेश गर्नु भएको थियो। जब तपाईले खरिद गर्नु भएको थियो तब ‘बिड–अस्क स्प्रेड’ के हो थिएन, र तपाईले स्टक उकालो लाग्दा निकै चाँडै बिक्री गर्नु भयो या ओरालो लाग्दा निकै तल बेच्नुभयो।

यदि तपाईसँग आफुले राम्ररी बनाएको लगानीका नियम छैन भने, अब त्यसको लागि समय भइसकेको छ, र त्यसको सबैभन्दा उत्तम सुरुवात भनेको जो लगानीका क्षेत्रमा सफल भइसके उनीहरुलाई सोध्नु हो। यहाँ केही चर्चित लगानीकर्ताहरुका नियम प्रस्तुत गरिएको छ।

१) डेनिस गारमेनः जितेकालाई कुद्न दिनुस्

डेनिस गारमेनले सन् १९८७ देखि ‘द गारमेन लेटर’ प्रकाशित गर्न थालेका थिए। यो हेज फण्ड, ब्रोकरले फर्म, म्युचुअल फण्ड र अन्य साना तथा ठूला ट्रेडिङ्ग फर्महरुका लागि विश्व पूँजी बजारको एक दैनिक कमेन्ट्री थियो। गारमेन एक कुशल ट्रेडर र वित्तीय नेटवर्कका बारम्बार अतिथि पनि हुन्।

‘जित्ने ट्रेडहरुमा धैर्य गर्नुस्, हारेको ट्रेडमा झन् धेरै धैर्य गर्नुस्। जबसम्म हाम्रो घाटा कम छ र नाफा धेरै छ, तबसम्म यो याद राख्नुस् कि हामीले लिएका निर्णयहरु ३० प्रतिशत मात्र सही भएपनि हामी ट्रेडिङ्ग अथवा इन्भेष्टिङ्गको धेरै गुणा बढी नाफा कमाउन सक्छौँ।’

माथि उल्लेखित उनका नियमले अधिकांश युवा लगानीकर्ताहरुले गर्ने गल्तीलाई सम्बोधन गर्दछ। पहिलो, नाफामा पहिलो संकेतमा नै बिक्री नगर्नुस्, जितेकाहरुलाई कुद्न दिनुस्। दोस्रो, हारेको ट्रेडले पलायन हुन नदिनुस्। जो लगानीकर्ताहरु बजारबाट केही पैसा बनाउनछन्, उनीहरुल केही हदसम्म गुमाउनु ठिकै छ, तर धेरै गुमाउनु ठिक होइन।

गारमेन औल्याउँछन्, तपाई अधिकांश समय सही हुनुपर्छ भन्ने छैन। महत्वपूर्ण यो हो कि जितेका ट्रेडलाई कुद्न दिनुस्, हारेकाबाट सकेसम्म चाँडो बाहिरिनुस्। यदि तपाईले यो नियम अनुशरण गर्नु भयो भने तपाईले हारेका कारोबारभन्दा धेरै गुणा बढी पैसा जितेका कारोबारबाट बनाउनुहुनेछ।

२) वारेन बफेटः रिसर्च गर्नुस्

वारेन बफेटलाई विश्वले नै इतिहासकै सबैभन्दा सफल लगानीकर्ताको रुपमा चिन्दछन्। उनी विश्वका धनीमध्येका एक व्यक्ति मात्र होइनन्, उनको वित्तीय कुरा धेरै राष्ट्रपति तथा विश्व नेताहरुले पनि सुन्छन्। जब उनी बोल्छन्, विश्व शेयरबजार उनको शब्दमा चल्छ।

‘मध्यमखालका कम्पनीहरु राम्रो मूल्यमा खरिद गर्नुभन्दा राम्रा कम्पनीहरु मध्यम मूल्यमा खरिद गर्नु धेरै गुणा राम्रो हो।’

बफेट एक प्रशंसनिय शिक्षको रुपमा पनि चिनिन्छन्। उनको वार्षिक पत्रमा आफ्नो कम्पनीका लगानीकर्ताहरुका लागि, बार्कशेयर हाथवे विश्वका ठूला र सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरुको कलेजहरुको वित्तीय कक्षाहरुमा प्रयोग गरिन्छ।

कुनैपनि कम्पनीको विश्लेषण गर्न बफेट दुई सुझाव दिन्छन्ः पहिलो, कम्पनीको गुणस्तर हेर्नुहोस्, त्यसपछि मूल्य हेर्नुहोस्। कम्पनीको गुणस्तर थाहा पाउन त्यसको वित्तीय विवरण हेर्नुपर्छ, कन्फरेन्स कल सुन्नुपर्छ, व्यवस्थापन हेर्नुपर्छ। त्यसपछि, आफुलाई कम्पनीको गुणस्तरमा आत्मविश्वास भएपछि मूल्य मूल्याङ्कन गर्नुस्।

३) बिल ग्रसः दृढ विश्वास राख्नुस्

बिल ग्रस प्यासेफिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीका सह–संस्थापक हुन्। उनले, विश्वको सबैभन्दा ठूलो बण्ड फण्डहरुमध्ये एक, पीआईएमसीओ टोटल रिटर्न फण्ड व्यवस्थापन गरेका थिए र २०१४ मा छोड्नुभन्दा अगाडि उनी त्यस फर्मको चिफ इन्भेष्टमेन्ट अफिसर थिए।

ग्रसको नियमले पोर्टफोलियो व्यवस्थापनमा केन्द्रित छ।

‘के तपाईलाई कुनै स्टक साँच्चिकै मन परेको हो? आफ्नो पोर्टफोलियोको १० प्रतिशत अथवा त्यस्तै, त्यसमा लगाउनुस्। राम्रो लगानीलाई अर्थहीन विस्मृतिमा परिवर्तन हुन दिनु हुँदैन।’

अधिकांश युवा लगानीकर्ताहरुलाई एउटै सर्वमान्य नियम थाहा छ, त्यो हो विविधिकरण अर्थात आफ्नो लगानी सबै एउटैमा नखन्याउनु्। विविधिकरण एक राम्रो नियम हो तर, जब एउटाले धेरै कमाउदा अर्कोले कम कमाउँदा तपाईको नाफा घट्न सक्छ।

बजारमा पैसा बनाउनु भनेको आफ्नो रिसर्चको आधारमा मौका छोप्नु पनि हो। त्यस्ता मौकाको लागि जहिले पनि आफ्नो खातामा पैसा राखिराख्नुस् र जब तपाईलाई विश्वास लाग्छ कि तपाई साँच्चिकै जित्नुहुन्छ, तब लगानी गर्न नडराउनुस्।

४) कार्ल आइकानः सावधान रहनुस्

कार्ल आइकान एक अभियन्ता लगानीकर्ता हुन् र हालका कर्पोरेट रेडर, जसले कम्पनीका धेरै शेयर खरिद गर्छन् र शेयरधनीहरुको मूल्य बढाउनका लागि भोटिङ्ग अधिकार प्राप्त गर्ने प्रयास गर्छन्। उनका शेयरमा टाइम वार्नर, याहु, क्लोरक्स र ब्लकबस्टर भिडियो आदि समावेश छन्।

आइकानका ठूला नियमहरुमध्ये एक यो हो कि, लगानी गर्ने बेला केही पनि व्यक्तिगत रुपमा लिनु हुँदैन। आइकानले आफ्ना शत्रुहरुको पनि शेयर खरिद गरेका छन्, तर लगानीकर्ताहरुले उनका सुझावलाई व्यक्तिगत रुपमा लिनु हुँदैन। आफ्नो लगानीको विगतमा कति दिन तपाईले लेख पढ्नु भयो, कति, न्यूज रिपोर्ट हेर्नु भयो? अथवा विश्वासिलो साथीबाट अर्को ‘हट स्टक’ को टिप लिनु भयो र पैसा गुमाउनु भयो?

त्यसको लागि एउटै मात्र सुझाव छः विश्वसनिय सुत्रबाट प्राप्त यथार्थको आधारमा गरिएको आफ्नै अनुसन्धान प्रयोग गर्नुस्।