अब पब्जीको क्याश सर्भर नेपालमै

image आँखा संवाददाता आइतबार​, जेष्ठ ३० २०७८
image

काठमाडौं । इन्टरनेट सेवाप्रदायकले लोकप्रिय अनलाइन गेम पब्जीको क्याश सर्भर राख्ने तयारी थालेको बुझिएको छ । आइतबार  दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा बोल्दै इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जनले यसको संकेत दिएका हुन् ।

पब्जीको क्याश सर्भर नेपालमै भएको अवस्थामा गेम लोडिङ फास्ट हुने र त्यसको अनुभव समेत राम्रो हुनेछ । हाल गेमिङका लागि नेपाली इन्टरनेट सेवाप्रदायकमा क्याश सर्भर नहुँदा त्यसका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रयोग हुने र स्लो चल्ने समस्या भइरहेको हुन्छ ।

लाइभ प्रसारणका क्रममा एक जना दर्शकले नेपालमा पब्जीको क्याश सर्भर राख्न सम्भव छ कि छैन र नेपालमा त्यसका लागि इन्टरनेट सेवाप्रदायकको तयारी के छ भन्ने विषयमा प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा सीटीओ जनले भने, ‘पब्जीको बारेमा केही न केही राम्रो समाचार चाँडै नै आउँदै छ । हामी ब्याकग्राउण्डमा त्यसका लागि काम गरिरहेका छौं ।’

ad