अन्तिम युद्द बाकी छ

image
image राजु बराल  १४ दिन अगाडी

भिड भिड भित्र शुन्यता बढन थालेपछी

दियोमा तेल भए पनि बत्तिले

अन्धकारलाइ नै साथ दिए पछि

अब लाख बत्ती बाल्नुको पनि के अर्थ र ?

दिउसै साढेहरुको साम्राज्य भए पछि

आखिर सडक पिच भएर पनि के भो र ?

खेतका डल्लामा ठेस लाग्दै

अघि बढनु परेपछी

हिउदको चिसो सिरेटो आए पनि

बर्खे झरी परे पनि कोरोनाले

थिलथिलो भएर सडकमा लडे पनि

साढेहरुकै हालीमुहाली भए पछि

न त पाखो बारीमा मकै टिक्न सक्यो

न त डाडामा गुरास फुल्न सक्यो

खोइ तिम्रो युद्द पनि कहाँ खोजु ?

युद्द पछि त हिमाल हास्छ भन्थेउ पहाड ,

तराइ नाच्छ भन्थेउ साउने झरीमा

तपतप पानी चुहिने छानोहरुले

गित गाउछ भन्थेउ प्वाल

परेको नेपाली टोपी , दौरा , सुरुवालले

युद्द पछि काचुली फेर्छ भन्थेउ

तर युद्द पछि त तिम्ले न

हिमाललाई सम्झिन सकेउ

न त प्वाल परेको टोपी लाई

चिन्न सकेउ न त तपतप पानी चुहिने

छानोको कथा छिन्न सकेउ र

पनि अझ भन्दै छौ अन्तिम युद्द बाकी छ/

-राजु बराल चन्द्रगढी , झापा ।

ad