बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीेलाई उन्मुक्ति

image
image आँखा संवाददाता १२ दिन अगाडी

भद्रपुर,बैशाख २१ । गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्धा परेपछि करिव एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की जंगेले उन्मुक्ति पाएका छन् ।

हिजो झापा जिल्ला अदालतमा आत्मसमर्पण गरी धरौटी राखेर उनले उन्मुक्ति पाएका हुन् । उनीमाथि विभिन्न तीनवटा मुद्धा लागेको थियो । ३–३ लाखको दरले ९ लाख रुपैयाँ धरौटी राखेर उनी तारेखमा मुक्त भएको जनाइएको छ ।

उनको मुद्धाको फैसला बैशाख ३० गते रहेको थियो । कोरोना संक्रमणका कारण अदालत बन्द हुने भएपछि उनले हिजै अदालत पुगेर धरौटी बुझाएका थिए । किर्ते नागरिकता काण्डमा संलग्न भएको आरोपमा उनी करिव १३ महिनादेखि फरार थिए ।अब आफू जनताको काममा फर्किने उनले बताएका छन् ।

ad