‘कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ ’-वीरता लेडी जेसीज

image आँखा संवाददाता बुधबार, बैशाख २२ २०७८
image

भद्रपुर , बैशाख २२ । ‘कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ ’भन्ने नारासहित वीरता लेडी जेसीजले आफ्ना विभिन्न सातवटा कार्यक्रमहरु घोषणा गरेको छ ।

कोरोनाको दोस्रो लहर तिव्ररुपमा बढेसँगै अबको दायित्व,भूमिका र जिम्मेवारी कसरी निभाउँदै अगाडी बढ्ने ? कोरोनाबाट आफू बाँच्दै अरुलाई कसरी बचाउने ? सचेतना अभियान कसरी संचालन गर्ने ? भन्ने बिषयमा जुम अनलाइनमार्फत गरिएको भर्चुअल बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

जसअन्तर्गत एक महिने कोरोना सचेतना अभियान संचालन गरिने भएको छ ।जसमा पर्चा ,ब्यानर, पम्प्लेट,संचारमाध्यममा सूचना सम्प्रेषण,माइकिंग,सामाजिक सन्जालको प्रयोगमार्फत जनचेतना फैलाउने कार्यहरु गरिनेछ ।सोको लागि कार्यकारिणी उपाध्यक्ष युनिता दवाडीलाई संयोजक चयन गरिएको छ ।

त्यसैगरी वीरता लेडी जेसीजका सदस्यहरुलाई कोरोना संक्रमण भएको अवस्थामा सम्भव भएसम्म भौतिकरुपमै संस्थागत उपस्थिति जनाएर पोषिलो आहार लगिदिने यदि सम्भव नभएमा बिर्तामोडको शिखर बजारसँगको सहकार्यमा अनलाइन डेलिभरीको सुविधा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।सोको लागि शिखर बजारकी संचालक तथा उपाध्यक्ष अर्चना राउतलाई संयोजक चयन गरिएको छ ।

त्यस्तै बैठकले संक्रमित जेसीज सदस्यहरुलाई औषधी ब्यबस्थापनलगायत अन्य स्वास्थ्यसम्बन्धी सेवाका लागि स्वास्थ्यकर्मी तथा उपाध्यक्ष दीपा शिवाकोटीलाई जिम्मेवारी दिइएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिईन्।

यस्तै कोरोनालाई जितेर आएका ब्यक्तिहरुसँग भर्चुअल रुपमा अनुभव साट्ने र सर्वसाधारणलाई उनीहरुको अनुभव सुनाउने र अन्य ब्यक्तिहरुको आत्मबल बढाउने उदेश्यले अनलाइनमार्फत ‘जितेकाहरुको कथा’कार्यक्रम संचालन गर्नका लागि पत्रकार महासंघ झापासंग सहकार्य गर्ने निर्णय भएको पनि आचार्यले जानकारी गराईन् ।

यसैगरी बैठकले कोरोना कहरका बेला हुने कालोबजारी,मूल्यबृद्धि,कृत्रिम अभाव आदिमा निगरानी राख्न र अनुगमन बढाउन उपभोक्ता मंच,स्थानीय तह,सरोकारवाला निकाय र प्रहरीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ भने अनलाइनमार्फत विभिन्न तालिम कार्यक्रमहरु संचालन गरिने भएको छ ।
कोरोना कहरमा घरमा बसिरहेका बिधार्थीहरुलाई लक्षित गरी अनलाइनमार्फत विभिन्नं प्रतियोगिताहरु९जस्तैः–कविता,चित्रकला,वक्तृत्वकला,गायन आदि गराउने समेत निर्णय भएको महासचिव हिमा पौडेलले जानकारी दिईन्।

यसैबीच,मार्च महिनाको ’जेसी अफ द मन्थ’ अवार्ड कानूनी सल्लाहकार संगिता चिमरिया र अप्रिल महिनाको ’जेसी अफ ड मन्थ’अवार्ड उपाध्यक्ष अर्चना राउतलाई प्रदान गरिएको छ । महिनाभरि उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा वीरता लेडी जेसीजले प्रत्येक महिना जेसीज सदस्यहरुलाई अवार्ड प्रदान गर्दै आएको छ