"चिन्तालाग्यो लेख्न मनलाग्यो नरिसाउनु ल बेस्सरीभन्न मन लाग्यो।"

image रमेश कुमार सुवेदी शुक्रबार​, बैशाख ३१ २०७८
image

"चिन्तालाग्यो लेख्न मनलाग्यो नरिसाउनु ल बेस्सरीभन्न मन लाग्यो।"

                             

                                 ।१।

(पोलिटिक्सलाई ओलिटिक्सले हायलकायल पारेपछि )

राजनितीका "बा"ओलि"बा"

सबैले मान्नु ओलि "बा"

अब प्रतिपक्षको सम्मान गर्नु ओलि "बा"

कसैलाई नगर्नु गालि ओलि "बा"

गर्नु उपचार कोभिडको ओलि "बा"

जनतालाई दिनु राहत ओलि "बा"

मन्त्रीलाई कुदाउनु,अस्पताल ओलि"बा"

जनताको खुट्टा ढोग्न लगाउनु ओलि"बा"

मागि माफ जनतासंग सुधार गर्नु ओलि "बा"

अस्पतालमा पिल्सिएकालाई राहत दिनु ओलि "बा"

सुर्य देखि माकुनेसम्म कुदाउनु घर-घर ओलि "बा"

खान नपाएका जनताको घर-घरअन्नपुर्याउन् ओलि "बा"

अक्सिजन खोज्न कार्यकर्ता पठाउनु ओलि "बा"

आफु-आफुमै गाली दिएको प्रायश्चित हुन्छ ओलि "बा"

राजनितीका "बा"ओलि"बा"

सबैले मान्नु ओलि "बा"

                   ।२।

(राजनिती शान्त भयो,अब के गर्ने)

आजै सर्वदलिय बैठक मिली बस्नु

सबैलाई जिल्ला दौडाहामा पठाउनु

पक्ष विपक्ष मिली जानु जनसेवामा

जनताले सितल पाउन यो महामारीमा

जनताले घिनलाग्दो राजनिती भनेकाछन्

गरीब झन सुकेनास लिई बाचेका छन्

सबै मिली घिनलाग्दो राजनितिको अन्त्य गर्नु

जनताको मर्म बुझ्न सर्वदलीय नेता पठाउनु

दया भाव देखाउन लगाउनु

बोक्रे आश्वासनको धन्दा बन्द गर्न लगाउनु ।

                   ।।३।।

( महँगीले जनताको ढाड सेक्नेलाई)

महँगोमा समान बेचेमा "घिच्रामा"समाउनु।

सबैलाई समातेर कोभिड लगाउनु

उपचार अहिले अक्सिजन नभकोजस्तै गरी

आत्तिउन न तिनिहरु ,अब कहिल्यैं गर्दैनौ भनी

अनि पो अर्को आपतमा सुध्रिन पाउछन्

कालोबजारीबाट जनताले राहत पाउछन् ।

                ।।४।।

(वास्तबिक हिरोहरुलाई मायागरौ)

डाक्टर नर्सको बेहाल छ के गर्नु?

सबैलाई भत्ता चाडो बढाई दिनु।

सुरक्षाकर्मीलाई दयाभाव देखाउनु

यि सबैलाई खान पुग्दैन केहि गरिदिनु।

समाजसेवीको हौसला बढाईदिनु ।

जनसेवामा जाने बाटो खुलाई दिनु।

 

-रमेश कुमार सुवेदी

ad