भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन ३,६८९ को मृत्यु, ३ लाख ९२ हजार सङ्क्रमित

image आँखा संवाददाता सोमबार, बैशाख २० २०७८
image

काठमाडौँ। भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतमा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् । एकै दिन ३ लाख ९२ हजार ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख १५ हजार ५४२ कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा सङ्क्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ ।