भद्रपुर मा.वि को भवनको मर्मत पूर्व विध्यार्थीहरुले गरीदिने 

image इश्वर अधिकारी आइतबार​, जेष्ठ १६ २०७८
image

भद्रपुर, १६ जेठ ।  झापा जिल्लाको  पुरानो  हाइस्कुल मध्ये एक भद्रपुर माध्यमिक विध्यालयको मर्मत संभार गरिने भएको छ ।

हाल जर्जर अवस्थामा पुगेको विध्यालयको भवनका साथै अन्य सामाग्रिहरुको अवस्था नाजुक रहेको स्थानियवासी तथा शिक्षा प्रेमीहरुले गुनासो गरे पछि सो विध्यालयका पूर्व विध्यार्थीहरुको अगुवाइमा मर्मत हुने भएको हो ।

झापा समाजका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा सो कार्य गर्न लागिएको समाजका सदश्य प्रदिपमणि  रेग्मीले जानकारी दिनुभयो ।

विध्यालय हाता भित्र रहेको भवन सहितको भौतिक संरचनाको मर्मत गर्न करिव ५० लाख लागत लाग्ने अनुमान गरीएको र सो रकम पूर्व विध्यार्थी लगायत अन्य सहयोगी दाताहरुवाट संकलन गरिने  रेग्मीले वताउनु भयो ।

साथै स्थानियनिकाय तथा अन्य राजनैतीक दलका प्रतिनिधि संग पनि समन्वयको लागि अनुरोध गरीएको रेग्मीको भनाइ छ ।

ad