युवा संघ झापाद्वारा स्थानीय सरकारलाई ६ बुँदे ध्यानाकर्षण

image
image आँखा संवाददाता १२ दिन अगाडी

भद्रपुर, २१ वैशाख । कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशमा तिव्र गतिमा बढ्न थालेपछि युवा संघ नेपाल झापाले एक विज्ञप्ती जारी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ नेपाल झापाका अध्यक्ष राजु धिमाल र सचिव निकास पाण्डेले मंगलबार जारी गरेको विज्ञप्तीमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशमा तिव्र गतिमा बढ्न थालेकोले स्थानीय सरकारलाई ६ वटा बुँदामा ध्यानाकर्षण गराएको हो ।

कोरोनाका विषयमा नागरिकलाई प्रयाप्त जानकारी गराउन, उपचारको व्यवस्थापन गर्न, सीमा नाका अवतजावतमा कडाइ गर्न, स्वास्थ्य चेकजाँच प्रभावकारी बनाउन, नेपाल प्रवेश गर्ने जोकोहिलाई होम क्वारेन्टाइन वा क्वारेन्टाइनमा राख्न, २ वटा क्वारेन्टाइन, एउटा आइसोलेसन र स्वाब कलेक्सन केन्द्र तोक्न आग्रह गरिएको अध्यक्ष धिमालले बताए ।

त्यस्तै स्वास्थ्यकर्मीहरुलाई पीपीई, रसायनिक सामाग्री अभाव हुन नदिने, बजारमा खाद्य सामाग्रीको कृतिम अभाव सृजना गर्ने व्यापारीलाई कारवाही, झापाका सबै अस्पतालमा अक्सिजनको अभाव हुन नदिन त्यसतर्फ पहल गर्न लगायतका विषयमा स्थानीय सरकारलाई विज्ञप्ती मार्फत ध्यानाकर्षण गराइएको सचिव पाण्डे जानकारी दिए ।

 

ad