सफलताको कथा: खरानीको धुलोबाट उठेका धनाढ्य गोडीन

image आँखा संवाददाता आइतबार​, जेष्ठ २ २०७८
image

काठमाडौं । उद्योगधन्दामा आगालागी भएर आफ्नो सबै सम्पत्ती खरानी बनेपछि घरबारविहीन भएका कैयन उदाहरण भेटिन्छन् । तर, सर्ज गोडिन भने आफ्ना बुवाले सञ्चालन गरेको काठ मिलमा आगलागी भएपश्चात एक सफल व्यवसायी बने ।

बुबाको काठ मिलमा आगालागी हुँदा गोडिन १७ वर्षका थिए । क्यानडामा सन् १९६६ मा काठमिलमा आगालागी भएपछि उनको परिवारले सर्वस्व नै गुमायो । आगलागी पश्चात बिमा कम्पनीहरुबाट क्षतिपूर्ति बापत रकम लिएर कैयन व्यक्तिले आफ्नो पुरानो व्यवसाय पुन सञ्चालन गरेको पनि भेटिन्छ । तर, गोडिनका बुवाले काठ मिलको बिमा गरेका थिएनन्, जसका कारण उनी आफ्नो पुरानो व्यवसाय थाल्ने होइन, घरखर्च चलाउन जागिर खान बाध्य भए ।

काठमिलमा आगलागी भएपछि स्कुले जीवनमै गोडिनको काँधमाथि आफ्नो स्कुलको शुल्कसँगै परिवारको दैनिक जीवनयापनका लागि आवश्यक पर्ने रकम पनि जुटाउने जिम्मेवारी आयो ।स्कुल सकिएपछि साँझको समयमा गोडन सुपरमार्केटमा काम गर्न जान थाले । शनिबार पनि उनी घरमा आराम गर्न बसेनन् । किनकि बुबाको व्यवसायमा आगो लागेपछि नै आराम भन्ने उनीबाट केही वर्षका लागि बिदा लिएर गएको थियो ।

सबै सम्पत्ती गुमेपछि एउटा सानो घर पनि बनाउनुपर्ने उनका परिवारका लागि बाध्यता थियो । यी सबै बाध्यताहरुका कारणले नै गोडिनले बिदाको दिन पनि ड्राइ क्लिनर्समा काम गर्न सुरु गरे ।

सम्पत्ती खरानी भए पनि जलेन व्यवसायी बन्ने चाहना

सारा सम्पत्ती खरानीमा परिणत भए पनि व्यवसाय गर्ने भने गोडिनकोे इच्छा भने जिवितै थियो । त्यसैले उनले २० वर्षको उमेरदेखि नयाँ व्यवसाय गर्नका लागि कमाएको रकममध्ये केही बचत गर्न थाले । २६ वर्षमा उनले सीजीआई कम्पनी स्थापना गरे । जुन अहिले बिश्वब्यापी चर्चित आइटी कम्पनी बनेको छ ।

गोडन अहिले ६७ वर्षका भएका छन् । उनको कम्पनीले अहिले बार्षिक  १० बिलियन क्यानेडीयन डलर आम्दानी गर्छ ।

उनी भन्छन् ‘म फेरि त्यो पुरानो अवस्थामा फर्कन चाहन्न, जतिबेला सर्वस्व गुमेर म सीजीआई स्थापनाका लागि छट्पटिँदै थिएँ । ‘

ग्यारेजबाट थाले व्यवसाय

लाभल विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेपछि उनले केही वर्ष २ वटा कम्पनीमा काम गरेे । त्यसपछि सन् १९७६ मा गोडेनले आफनै कम्पनी सीजीआई स्थापना गरे ।

उनले कम्प्युटरको व्यवसाय थाल्दा क्यानडामा कम्प्युटर व्यवसाय गर्ने लहर नै चलेको थियो । ग्यारेजमा कार्यालय खोलेर व्यवसाय सुरु गरेको उनको कम्पनीले पहिलो वर्षमा नै १ लाख ३८ हजार क्यानेडियन डलर आम्दानी गर्‍यो ।

त्यसपछि सन् २०१२ मा गोडिनलेे प्रतिस्पर्धि युरोपियन कम्पनी लोजिकाको खरिद गरे । लेजिका खरिदसँगै सीजीआईमा कामदारको संख्या दोब्बरभन्दा बढीले बृद्धि भयो । सन् २०१२ अघि उनको कम्पनीमा ३१ हजार कामदार थिए । तर, लोजिका खरिदसँगै सीजीआईमा कर्मचारीको संख्या ६८ हजार पुगेको छ ।

अहिले विश्वभर रहेका २ हजारभन्दा सरकारी कार्यालयदेखि विश्वका २२ वटा ठूला बैंक पनि सीजीआईका ग्राहक छन् । साथै टायर उत्पादक कम्पनी मिचेलिन, विमान कम्पनी एयर फ्रान्स र लन्डको हेथ्रो विमानस्थल पनि उनका ग्राहक हुन् । गोडन भन्छन् ‘हामीलाई लाग्छ, अबको ५ देखि १० वर्ष हाम्रो कम्पनी दुई गुणा ठूलो हुनेछ ।’

अहिले सीजीआईले आफ्ना कर्मचारीलाई आफ्नो कम्पनीको सेयरधनी बन्न आग्रह गरिरहेको छ । गोडन भन्छन् ‘रोजगारदाताको हिसाबले हामीसँग केही अधिकार छ, तर हामीसँग कर्मचारीप्रति गर्नुपर्ने दायित्व पनि छ । ‘

कमाउने मात्रै होइन, बाँड्ने पनि

सन् २००० मा उनले क्यानडाका गरिब परिवारमा जन्मेका बालबालिको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले युथ लाइफ नामक संस्था पनि खोले । यस संस्थाले अहिले सम्म ६० मिलियन क्यानेडियन डलर बराबरको सहयोग समेत गरिसकेको छ ।

गोडेन अहिले क्यानडामा सफल व्यवसायी मात्रै होइन, दानबीरका रुपमा समेत चिनिन्छन् । गोडन् भन्छन् ‘यदि तिमीले व्यवसायमा सफलता हासिल गर्ने अवसर पायौ भने त्यसबाट आएको आम्दानी अन्यलाई पनि बाँड्नुपर्छ । ‘

उनले थपे ‘मलाई मेरो विगतले सम्झाउँछ, सहयोग गर्नु जीवनको एक महत्वपूर्ण काम हो ।’

ad