५५ जनाको मृत्यु, ७ हजार ६६० संक्रमित थपिए

image
image आँखा संवाददाता १२ दिन अगाडी

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् ।१६ हजार १३१ पीसीआर र ५ सय ७१ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार ५ सय ८७ र एन्टीजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसका साथै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगको छ ।कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५९ हजार ७ सय ९८ छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् ।

ad