झापा प्रशासनले अत्यावश्यक बाहेकका सेवा बैशाख २६ गतेसम्मका लागि बन्द गर्यो                    

image आँखा संवाददाता आइतबार​, बैशाख १९ २०७८
image

भद्रपुर, १९ बैशाख ।जिल्ला प्रशासन कार्यालय  झापाले अत्यावश्यक बाहेका सवै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।जिल्लामा कोभिड १९ (कोरोना) संक्रमण तीव्र गतिमा फैलन थालेको ठहर गर्दै प्रशासनबाट दिइने अत्यावश्यक सेवा बाहेका अन्य सवै सेवा बैशाख २० गतेबाट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी गरिएको विज्ञप्ति अनुसार नागरिकता वितरण, प्रतिलिपि निर्माण, राहदानी सिफारिस, हात हतियार दर्ता, नवीकरण, नाबालक परिचय पत्र वितरण, संस्था दर्ता, नवीकरण र राष्ट्रिय परिचय पत्र निर्माण जस्ता सेवाहरू बैशाख २० गतेदेखि २६ गतेसम्मका लागि बन्द गरिएको छ भने शान्ति सुरक्षा र मुद्धा सम्बन्धि सेवा तथा अन्य अत्यावश्यक सिफारिसहरू सुचारू रहेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाले जानकारी दिएका छन् ।

यसै बीच झापा प्रशासनले १९ गते मध्यरातबाट लागु हुने गरी सात दिने निषेधाज्ञा समेत जारी गरिसकेको छ । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने गरी झापा प्रशासनले निषेधाज्ञा जारी गर्दै यातायात क्षेत्रमा जोर बिजोर प्रणाली पनि कार्यान्वयनमा ल्याइसकेको छ ।