ब्राउनसुगरसहित दुई पक्राउ

image आँखा संवाददाता मङ्गलबार, चैत्र २४ २०७७
image

झापा , चैत २४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका ३ बस्ने ३६ वर्षिय रोशन यादब र सोही नगरपालिका ५ बस्ने २१ वर्षिय समिर लिम्बु रहेका छन् ।


हिजो साँझ ५.२० बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित गैरीगाउँमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादबले हातमा लुकाई ल्याएको ४ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । दुवैलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।