झापाका तीनसहित ६ शहरमा विद्यालय बन्द

image
image आँखा संवाददाता २७ दिन अगाडी

झापा, बैशाख ६ । कोभिडका कारण प्रदेश १ का ६ शहरका विद्यालयहरु बन्द हुने भएका छन् ।सरकारले प्रदेश १ का बिराटनगर, इटहरी, धरान, मेचीनगर, बिर्तामोड र दमकका विद्यालय तथा क्याम्पसहरु विदा गर्ने निर्णय गरेको हो ।
साथै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द भएका छन् । भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाहरुको पठनपाठन भने सुचारु हुनेछ ।

ad