" तिम्लाइ शुभकामना "

image
image राजु बराल २२ दिन अगाडी

 " तिम्लाइ शुभकामना "

 बासका स्याउलाले च्यापेर

छाएका झुपडीहरु भित्र ठेला फुटेका हातहरुमा

त तिमी किन आउछौ र ?

न त त्यहा जुवाको खेल हुनसक्छ

न त पर्दा भित्रको झेल हुन सक्छ

कागजी पानाहरुमा रङिन अक्षरले

फुलबुट्टा भरे पनि सडक भरी जमातै

भए पनि भजन मन्डलीले भजनै

मात्र गाउने भए पछि

न त हिमाल मुस्कुराउनुको अर्थ छ

न त नदी अबिरल बग्नुको अर्थ छ

सम्झेका छौ तिम्ले ती दिनहरु ?

तिम्रो प्राप्तीको लागि स्कुल गएको छोरो

सडकमा ढलेको अनि नानी च्यापेर

जिन्दाबाद र मुर्दाबादको नारा

घन्काउने ती आमा घाइते भएको

सम्झना नहुन सक्छ तिम्लाइ

किन भने , अचेल मैला मान्छेहरु

तिम्लाइ गनाउन थालेको छ

जो पसिनाको पुजा गर्छ्न

तिनीहरुको पानी तिमी लाई नचल्ने भएको छ

कति माथी पुगेछौ तिमी वयस्क नहुदै

मङ्गल ग्रह तिरै पो पुग्ने हो कि ?

तिम्रा पाइलटहरु तिम्रै लागि वायु यानहरु

तयारी गर्दै होलान स्वर्गका

अप्सराहरु पुस्पबृस्टी गर्दै रहलान

कतै अप्सराहरु माझ स्वर्ग पुगे पनि

बर्सको एक दिन भए पनि

मलाइ सम्झिनु है तिमी लाई शुभकामना ।

ad