बुद्धशान्ति प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल- वार्ड नम्बर ६ सेमिफाइनलमा प्रबेश

image
image आँखा संवाददाता २७ दिन अगाडी

बुद्धशान्ति । बुद्धशान्ती वार्ड नम्बर ३ लाई १-० ले पराजित गर्दै वार्ड नम्बर ६ बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको  सेमिफाइनलमा प्रबेश गरेको छ ।

सेमिफाइनल प्रबेशका लागि वार्ड ६ का जर्सी नम्बर ११ का गणेश मगरले दोस्रो हाफको ३७ औं मिनेटमा गरेको गोलनै निर्णायक साबित भएको बुद्धशान्ती प्रेस क्लबका उपाध्यक्ष आयुस निरौलाले जानकारी दिनुभयो । खेलको अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेल निकै रोमान्चित भएको थियो ।

बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा बुद्धशान्ती १ ए र २ यसअघिनै सेमिफाइनलमा प्रबेश गरिसकेको छ भने भोलि (मङ्गलबार) वार्ड ७ र १ को बि बिचको खेल सङ्गै सेमिफाइनल समीकरण पूरा हुने खेल संयोजक तथा वाडाध्यक्ष शम्भु प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिकारनगरपालिकामा आयोजना हुने फुटबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताउनु भयो ।

बुद्धशान्ती १ को त्रिभुवन माविको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । यसअघि उपाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भईसकेको छ ।

ad