टाइब्रेकरमा चन्द्रगढीको कष्टपूर्ण जित

image  विनोद सापकोटा आइतबार​, चैत्र २२ २०७७
image

झापा,२२ चैत ।

झापाको दुधेमा आईतवार(आज) देखि जारी १ नम्बर प्रदेश स्तरीय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ ।

ट्राईब्रेकरमा आयोजक दूधे भेट्रान (रातो) लाई ४-३ गोल अन्तरले पाखा लगाउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका लागि रेफ्री भाग्य लिम्बूले आयोजकको सहयोगमा टाइब्रेकर गराएका थिए।

चन्द्रगढी सिभिसी ले ट्राईब्रेकरमा ४ गोल गर्यो । आयोजक ले तीन गोल मात्र गर्न सफल भयो । विजेता टिमका सुरज गुरुङ, ख्याम पोखरेल, उत्तमकुमार राई, अजय ओरानले गोल गरे । तारा कटुवालको गोल आकासिएको थियो । यता आयोजकका पेमा स्यम्बा तामाङ,भगवती प्रसाद सदेम्बा र शैलेन्द्र चापागाईले मात्र गोल गरे ।

दीपक कुमार राईको सुट बाहिरिएको थियो भने सन्तोष थोप्राको प्रहार चन्द्रगढीका गोल किप्पर रुपक गुरुङले सजिलै क्याच गरेका थिए । खेलको म्यान अफ द म्याच पनि विजयी टिमका गाेलकिपर रुपक गुरुङ घोषित भए ।

दुधे स्थित क्षेत्रीय रंगशालामा (आईतबार)आज देखि शुरु प्रतियोगिता चैत्र २८ गतेसम्म हुने छ । प्रतियोगितामा १० टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ । झापा बाहिरका सुनसरीको धरान फुटवल क्लब र इटहरी भेट्रानले सहभागिता जनाउने छ ।

यस्तै मोरङको बिराटनगर भेट्रान र एभरेष्ट भेट्रानपनि प्रतियोगितामा सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्वाङले बताए । यता, झापाका दमक— लखनपुर भेट्रान, बिर्तामोड, आयोजक दुधेको रातो र निलो, सुरुङा र भद्रपुरले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

उद्घाटन खेलमा आयोजक रातो बाहिरिएको छ । प्रतियोगिताको च्याम्पियनले ५५ हजार रुपैयाँ र उपबिजेताले ३१ हजार रुपैयाँ नगदै पुरस्कार पाउने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्टले ३ हजार र मेन अफ दि म्याचका विजेताले १ हजार ५ सय पाउँने आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च हुने अनुमान गरिएको छ ।