विश्वकै सबैभन्दा सस्तो इन्टरनेट नेपालमा

image
image आँखा संवाददाता १ महिना अगाडी

काठमाडौं । विश्वमा सबैभन्दा सस्तो इन्टरनेट नेपालमा देखिएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले हालै प्रकाशित गरेको ‘द अफाेर्डेबिलिटी अफ आईसीटी सर्भिसेज २०२०‘ प्रतिवेदनमा मूल्यका हिसाबले नेपाल विश्वकै पहिलो सस्तो देखिएको हो ।

यससँगै इन्टरनेटको शुल्क प्रति महिना १.६६ अमेरिकी डलर अर्थात करिब १९३ रुपैयाँ ४२ पैसा कायम भएको छ । आईटीयूको अलायन्स फर अफोर्डेबल इन्टरनेट (सस्तो इन्टरनेटका लागि गठबन्धन) को आईसीटी प्राइस बास्केट अनुसार यो विश्वकै सबैभन्दा सस्तो हो ।

यहाँ हेर्नुहोस् आईटीयूको आईसीटी प्राइस भिजुअलाइजेसन । विश्वमा नेपालपछि सबैभन्दा सस्तो इन्टरनेट हुने मुलुकहरुमा क्रमशः श्रीलंका (२.६२ डलर), उज्बेकिस्तान (२.९६ डलर), इरान (३.२४ डलर) र बंग्लादेश (४.१२ डलर) रहेको छ ।

आईटीयूको आईसीटी प्राइस डेटा कलेक्सन नियम अन्तर्गत रहेर सन् २०२० को अप्रिलदेखि जुनको बीचमा यो तथ्याङ्क संकलन गरिएको हो । यसका लागि विश्व बैकको सन् २०१९ को प्रति व्यक्ति आय (जीएनआई) लाई आधार मानिएको छ ।

ad