हिमाली गिद्ध : प्रजनन र वास खोज्दै भारत र चीनसम्म

image
image आँखा संवाददाता २५ दिन अगाडी

काठमाडौँ । जोखिममा रहेको हिमाली गिद्ध मध्यचीनबाट नेपाल हुँदै भारतसम्म पुग्ने गरेको एउटा अध्ययनले देखाएको छ।

हिमाली गिद्धबारे अध्ययन गर्न झन्डै १६ महिनाअघि कास्कीको अन्नपूर्ण क्षेत्रबाट छाडिएका हिमाली गिद्धमा जडित ‘स्याटलाइट ट्रान्समिटर’बाट प्राप्त सूचनाले त्यस्तो देखाएको चराविज्ञ डा. तुल्सी सुवेदीले बताउनुभयो।

यसअघि हिमाली गिद्धले नेपालको हिमाली भेगमा प्रजनन् गर्ने र जाडो छल्न तराई झर्ने विज्ञहरूको बुझाइ थियो।

“हिमाली गिद्धले चीनबाट बसाइँ सरेर नेपाल हुँदै भारतमा हिउँद बिताउने ठाउँसम्म पुग्न झन्डै ७,००० किलोमिटरभन्दा बढी दूरी तय गरेको अध्ययनले देखाएको छ,” सुवेदीले भन्नुभयो ।

नेपालमा झन्डै १०,००० वटाजति हिमाली गिद्ध रहेको अनुमान छ ।

ad