हाम्रो भाषामा अंग्रेजी धमिरा किन ?

image
image विनु पोखरेल २३ दिन अगाडी

केही समयअघि ‘वैदिक साम्यवाद’ शीर्षकको मेरो लेखमाथि सामाजिक सञ्जालमा भएको बहसका क्रममा धेरैले चासो राख्नुभएको ‘अल्गोरिदम’ शब्दलाई केन्द्रमा राखेर यस लेखमा केही चर्चा गर्दैछु ।

पहिला त भाषाको अल्गोरिदम भनेको भाषाशास्त्रको अधिक र स्पष्ट शब्दभण्डार भएको, प्राकृतिक ध्वनिसँग गाँसिएको उच्च शब्द गणित भएको भाषा भन्ने बुझ्नुपर्दछ । जसले हरेक कोणबाट त्यस शब्दको अर्थ प्रमाणित गर्न तयार हुन्छ ।

अल्गोरिदमलाई संस्कृतमा विधिकल्प भनिन्छ । विधिकल्पको नेपाली अर्थ हो– नियमको पुञ्ज । विधिकल्प कुनै पनि प्रमाणित ग्रन्थमा लेखिएको नियम, जसको प्रशस्त व्याकरण हुन्छ र त्यसले सबै अर्थमा आफू अब्बल रहेर काम गर्ने आज्ञा दिन्छ (पण्डित फणीन्द्रप्रसाद पाण्डेय, बृहत् संस्कृत नेपाली शब्दकोश, पृ. १३१९) ।

यसलाई यसरी भनौं, प्राकृतिक ध्वनिमा भएको कुनै भाषाको सहयोग विना चल्ने या आफ्नो विधिकर्तृ भएको भाषा हुनाले संस्कृत भाषाहरूमध्येको उच्च अल्गोरिदम भएको भाषा हो । जो आफैं समृद्ध छ, जसको भावानुवाद अत्यधिक छ र धेरै कुरा एक शब्दमा या संक्षेपमा भन्न सक्ने हिम्मत राख्छ त्यो भाषा नै उच्च अल्गोरिदम (विधिकल्प वा कलनविधि) भएको भाषा बन्छ ।

संस्कृत भाषामा महर्षि पाणिनिको समयदेखि अहिलेसम्म १ खर्ब, २ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भइसकेको छ भनेर भाषा संस्कृतिका अध्येता राजीव दीक्षितले धेरै ठाउँमा भन्नुभएको छ । अल्गोरिदम अब्बल भएका कारणले यसलाई कम्प्युटरको भाषा बनाइए यसको कति प्रयोग होला ?

जस्तै संस्कृत शब्द पितरबाट फादर, मातरबाट मदर, सुनुबाट सन, दुहिता (छोरी) बाट डटर, द्वारबाट डोर, अग्निबाट अग्नाइट, नक्तंबाट नाइट, मनुबाट म्यान, दन्तबाट डेन्टल, गौबाट काउ, नसबाट नोज, समबाट सेम, भमबाट भमिट, नवबाट न्यु, मनबाट माइन्ड, नसबाट नर्भ, अणुबाट एटम, नग्नबाट नेकेट, शरणबाट सेल्टर यस्ता अनेक शब्द छन् जो संस्कृतबाट अंग्रेजीमा गएका हुन् ।

बहसका क्रममा अंग्रेजी भाषा अन्तर्राष्ट्रिय हो, अनि संस्कृत भाषा उच्च अल्गोरिदम भएको भाषा कसरी भयो भन्ने प्रश्न पनि उठेको थियो । पहिलो कुरा त संस्कृत सबैभन्दा पुराना भाषाहरूमध्येको एक हो । अनि विश्वका धेरै भाषाको जननी पनि । अचम्म लाग्ला, तर थाहा पाइराख्नु कि तपाईं हामीले के के न भन्दै घोक्ने अंग्रेजी भाषाको जननी संस्कृत भाषा पनि हो । अंग्रेजी बल्ल पाँचौं शताब्दीमा बनेको भाषा हो । त्यो पनि आफ्नो धेरै शब्दावली नभएको, ल्याटिन, संस्कृत तथा फ्रेन्चबाट धेरै शब्द सापटी लिएर बनेको छ, अंग्रेजी भाषा ।

अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भन्नेहरूले यो पनि जान्नै पर्छ कि संसारका २०० देशमध्ये १४ देशमा बल्लतल्ल अंग्रेजी बोलिन्छ । त्यो पनि अंग्रेजको उपनिवेश भइसकेका देशहरू क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, ब्रिटेन, स्कटल्याण्ड, भारत, पाकिस्तान, आयरल्याण्डलगायतमा मात्र । अरू संसारका ठूला देशहरूमा त रूसमा रसियन, फ्रान्समा फ्रेन्च, जर्मनीमा जर्मन, जापानमा जापानिज, पोर्चुगलमा पोर्चुगिज, चीनमा चाइनिज, डेनमार्कमा डेनिस, नेदरल्याण्डमा डच; सबैमा आ–आफ्ना भाषा नै बोलिन्छ ।

अब संस्कृत भाषा अल्गोरिदम उच्च भएको भाषा कसरी भयो ? यसबारे चर्चा गर्न अंग्रेजी भाषाले संस्कृतबाट लिएका केही शब्दहरू हेरौं । छन त सयौं त्यस्ता शब्द छन् अंगे्रजी भाषाले संस्कृतबाट लिएका, तर तीमध्ये केही शब्द यहाँ राख्नेछु ।

जस्तै संस्कृत शब्द पितरबाट फादर, मातरबाट मदर, सुनुबाट सन, दुहिता (छोरी) बाट डटर, द्वारबाट डोर, अग्निबाट अग्नाइट, नक्तंबाट नाइट, मनुबाट म्यान, दन्तबाट डेन्टल, गौबाट काउ, नसबाट नोज, समबाट सेम, भमबाट भमिट, नवबाट न्यु, मनबाट माइन्ड, नसबाट नर्भ, अणुबाट एटम, नग्नबाट नेकेट, शरणबाट सेल्टर यस्ता अनेक शब्द छन् जो संस्कृतबाट अंग्रेजीमा गएका हुन् ।

यसरी संस्कृतबाट शब्द लिएको मात्र होइन अंग्रेजी व्याकरण कति गरीब छ भन्ने कुरा ससाना उदाहरणबाटै स्पष्ट हुन्छ । अंग्रेजीमा सन (सूर्य) बुझाउने अर्को शब्द भेटिन्न तर संस्कृतमा सूर्यका हरेक अवस्था अनुसारका नाम छन् । सूर्य, आर्यमन, आदित्य, द्वादशात्म, दिनकर, भास्कर, दिवाकर, अहस्कर, ब्रध्न, प्रभाकर, विभाकर, भास्वत, विवस्वत, सप्ताश्व, हरिदश्व, उष्णरश्मि, विकर्तन, अर्क, मार्तण्ड, मिहिर, अरुण, पूषन, द्युमणि, तरणि, मित्र, चित्रभानु, विरोचन, विभावसु, ग्रहपति, त्विषांपति, अहर्पति, भानु, सहस्रांशु, तपन, रवि, तेजसां राशि, छायानाथ, तमिस्रहन, कर्मसाक्षिन्, लोकबन्धु, दिनमणि, लोकवान्धव, अंशुमालिन् अब्जिनीपति, इन, भग, खद्योत (अमरकोशः, अथ दिग्वर्गः पृष्ठ ४१, टीकाकार कुलचन्द्र गौतम) ।

त्यस्तै चन्द्रमा बुझाउने त ५६ वटा शब्द छन् ।

अर्को शब्द छ महिला । यसलाई अंग्रेजीमा ‘वुमन’ मात्र भने पुग्यो । तर संस्कृतमा महिलाका पनि अवस्था अनुसारका नाम छन् । केही उदाहरण हेरौं । मुलायम शरीर भएकी स्त्रीलाई अङ्गना, कामवासना धेरै भएकी कामिनी, आँखा राम्रो हुने स्त्रीलाई वामलोचना, विवाह भएकी स्त्री कुटुम्बिनी, भार्या जाया; काँतर स्त्री भीरु, स्वयंवर गरिएकी स्त्री स्वयंवरा, पतिंवरा, वर्या, आठ वर्ष मुनिका स्त्री कन्या, कुमारी, आठ वर्षभन्दा माथिका गौरी, नग्निका, अनागतार्तवा, पहिलो पटक रजस्वला भएकी स्त्री तरुणी, युवती, बिहे गरेपछि वधु । त्यस्तै अग्लो कद भएकी महिला, शान्त महिला, दुब्लाएकी महिला र सम्पत्तिवाला महिला आदि हरेक अवस्थालाई जनाउने अनेकौं शब्द संस्कृतमा छन् (कुलचन्द्र गौतम, अमरकोशः, पृष्ठ १३७–१३८) । यहाँ प्रसङ्गवश स्त्री (वुमन) शब्दको चर्चा गरिएको हो । पुरुषका हकमा पनि संस्कृतमा अवस्था अनुसारका यस्ता अनेकौं शब्द छन् ।

अर्को भगवान बुझाउने एउटै शब्द ‘गड’ छ उनीहरूसँग । हामीसँग ईश, ईश्वर, भगवान भन्दै धेरै लामो सूची बन्छ । अझ प्रत्येक भगवानका पनि सहस्र नाम छन् (कुलचन्द्र गौतम, अमरकोशः, पृष्ठ १३७) । त्यस्तै मानिस बुझाउने शब्द ‘म्यान’ लाई संस्कृतमा ‘म्यान’ ले मात्र मान्दैन । मनुष्य, मानुष, मत्र्य, मानव, नर आदि । यसरी उनीहरूका धेरै कुरा एउटै शब्दबाट बुझ्नुपर्ने हुन्छ । संस्कृतको तुलनामा अंग्रेजी शब्दभण्डारको कमी भएको हुनाले कति ठाउँमा आफू अनुसारको अर्थ लगाउनुपर्ने बाध्यता छ ।

अंग्रेजी भाषामा वैकल्पिक शब्द छनोटको साँघुरो मात्रै ठाउँ छ । मस्तिष्क बुझाउने उनीहरूसँग एउटा मात्र शब्द छ– ‘माइण्ड’ । मगज, मन, मस्तिष्क, चेतना, बुद्धि हाम्रोमा मन बुझाउने शब्द कति कति ! अझ मनलाई मात्र चार भागमा बाँडेर पनि हेर्न सकिन्छ । अझ योग विज्ञानमा त मनलाई मात्र १६ भागमा विभाजन गरेर हेरिन्छ । ती हरेकलाई बुझाउने शब्द छन् ।

संस्कृतको मात्र के कुरा; नेपाली शब्दभण्डार पनि अंग्रेजी भन्दा समृद्ध छ । त्यस्ता धेरै उदाहरण दिन सकिन्छ ।

केही उदाहरण हेरौंः

हामी आफूभन्दा सानो या समकालीनलाई ‘तँ’ वा ‘तिमी’ भन्छौं । स्नेह र करुणावश सम्बोधन गर्दा यस्ता शब्द प्रयोग हुन्छन् । आफूभन्दा ठूला मान्यजन र आफन्तलाई मान अनुसार ‘तपाईं’ भन्छौं । त्यहाँ आदर र सम्मान हुन्छ । त्योभन्दा उच्च सम्मानले हेर्नुपर्ने मान्छे पनि हुन्छन् । त्यहाँ पनि प्रयोग हुने उच्च आदरार्थी भावना समेट्ने शब्द पनि छन्, हामीसँग । उहाँहरूलाई ‘हजुर आइबक्स्योस्’ जस्ता उच्च आदरार्थी शब्द प्रयोग गरिन्छ । तर अंग्रेजी भाषामा यसरी सबै तहगत नातालाई सम्बोधन गर्ने एकै शब्द छ ‘यु’ ।

त्यस्तै हामीसँग काका, काकी, मामा माइजु, सानिमा सानोबुबा, फुपू फुपाजु जस्ता सम्बन्धहरूलाई व्यक्त गर्ने शब्द छन् । अंग्रेजीमा यी सबैलाई बुझाउने एउटै शब्द छ ‘अंकल’ र ‘आण्ट’ । आमाको बैनी पनि आण्ट, आमाको देउरानी पनि आण्ट, आमाको भाइबुहारी पनि आण्ट, फुपू पनि आण्ट । त्यस्तै अंग्रेजीमा सालो र भिनाजु सम्बन्धगत शब्द हुँदैन दुवैलाई जनाउने शब्द छ ‘ब्रदर इन ल’ । ब्रदर इन ल भन्दा कुन हो भनेर चिन्नु अर्को व्याख्या आवश्यक हुन्छ । सालो कि भिनाजु ?

हाम्रोमा यस्ता सम्बन्धलाई जनाउने शब्द यहाँको सभ्यताका कारण आएका हुन् । हाम्रो संयुक्त परिवार हुन्छ । वैवाहिक सम्बन्धले जोडिएको नातालाई कुटुम्बका रूपमा हेरिन्छ र ती सम्बन्धलाई व्यक्त गर्ने शब्द हाम्रा भाषा कोशमा छन् । उनीहरूको संस्कृति भने हाम्रोमा जस्तो प्रेममा बाँधिएर रहेको परिवारमा आधारित छैन । उनीहरूका सम्बन्ध अस्थायी हुन्छन् । वैवाहिक सम्बन्धहरू फेरिइरहेका हुन्छन् । त्यसैले हाम्रोमा जस्तो दिदी भिनाजु, सानिमा सानाबा, काकी, फुपाजु फुपू, मामा माइजू स्थायी नाता रहन सक्दैनन् । त्यसैले अंग्रेजीमा यी शब्दहरू छैनन् ।

पश्चिमा संस्कृतिमा लिभिङ टुगेदरमा बस्छन् र त्यसैबेला बच्चा जन्मिन्छन् । जन्मिएको बच्चा पनि न बाउले राख्छ न आमाले । बच्चालाई कसको नाम दिने भनेर पनि कलह हुन्छ । अनि चर्च या आश्रममा छोडिन्छ र त्यहीं नाम पाएर बच्चा हुर्कन्छन् । अधिकांश परिवार यसैगरी चलेको हुन्छ । त्यसैले ती संस्कृतिमा आमा बा बेगरका आश्रम या चर्चले हुर्काएका बच्चा हुन्छन् । फेरि आफ्नै दिदी बहिनी या छोरीको कोसँग शारीरिक सम्बन्ध हुन्छ भन्ने कुरा पनि पत्तो हुन्न ।

अझ पश्चिमा संस्थाहरूका लगानी र फेलोसिपमा हुर्केका सञ्चारमाध्यममा पहुँच राख्ने बौद्धिक भनिएकाहरूले त अंगे्रजीमा छाडा शब्द सहजै बोलेको देखिन्छ । सार्वजनिक समारोहमै ‘भजाइना’, ‘फक’ जस्ता शब्दहरू बोल्ने र ताली पिट्ने जमातलाई हामीले समाजको अग्रगामी शक्तिको दर्जा दिएका छौं ।

अंग्रेजी वा अरू भाषाको अध्ययन नगरौं भनेको होइन, गरौं । यस आलेखमा उठान गर्न खोजेको कुरा के मात्र हो भने यति समृद्ध संस्कृत भाषाको मुहानमा बसेर हाम्रो भाषाको बृहत् आयामलाई ओझेलमा नपारौं । अंग्रेजी भाषा बोल्नु सभ्य, हाम्रो भाषा बोल्नु असभ्य भन्ने सोचाइबाट मुक्त होऊँ । भाषा भाव बुझाउने साधन मात्रै हो । तर, प्रकृतिका ध्वनिसँग गाँसिएको र सबै भाषाको माउ भाषा रहेको संस्कृत भाषाले प्रदान गरेका ज्ञानहरूबाट वञ्चित नहोऊँ ।

नेपालमा हाम्रा आफ्नै रैथाने धेरै भाषा छन् । तिनीहरूको सम्बन्ध हाम्रो जीवनसँग गाँसिएको छ । बरु ‘तासिदेलेक’ भनौं, ‘आताङ्वे’ हो साइला भनौं । यहाँ जुन समुदायमा पुगे पनि अनेक भाषा छन् । भाषा नसिक्ने होइन सिक्ने । अर्थ जानेर त्यहाँको संस्कृति बुझ्ने पो हो त ! यहाँ ल्याएर हाम्रो भाषा कुरुप बनाउने, संस्कृति भत्काउने होइन नि ! अंग्रेजी जान्दै नजानी विश्व चर्चित बनेका मानिस पनि छन् । हामीमा भने अंग्रेजी जान्नुलाई सभ्यता र सम्पन्नताको प्रतीक मानिन थालियो ।

अंग्रेज साम्राज्यको उपनिवेश भएको भारत हाम्रो छिमेकमै भएकाले पनि यस्तो मान्यताले यहाँ जरा गाडेको हो । यो हानिकारक छ ।

हाम्रोमा अंग्रेजी शब्दहरू यसरी घुसाइदिएको छ कि कति हाम्रा शब्द होइनन् जस्ता पनि लाग्दैनन् । गाउँदेखि शहरसम्म चिकित्सक भन्दा डाक्टर लोकप्रिय हुनु खाना खाजाको साटो ब्रेकफास्ट, डिनर लञ्च मीठो हुनुको कारण यही हो । आदत यस्तो हुन्छ, बोल्दै गर्दा बोलिहालिन्छ । म पनि बोल्थें, तर अहिले केही सुधारेकी छु ।

अहिले विद्यालयहरूमा छात्रछात्राले ‘म्याडम’ शब्द बोलेको खूबै सुन्न पाइन्छ । तर यसको अर्थ र पश्चिमा समाजको भावानुवाद बच्चाले उच्चारण गर्ने खालको छैन । यहाँ अंग्रेजी शब्द म्याडम (म्याम)को अर्थ हेरौं । मेडम फ्रेन्च शब्द ‘madame’ बाट अंग्रेजीमा आएको देखिन्छ । यहाँ म्याडमको अर्थ मेरी महिला भन्ने हुन्छ । म्याडमको शाब्दिक अर्थ मेरी महिला भन्ने भए पनि पश्चिमा संस्कृतिमा कोठी चलाउनेहरूकी प्रमुख महिलालाई म्याडम भन्ने गरिन्छ । यहाँ त हामी श्रीमतीलाई म्याडम, गुरुआमालाई म्याडम, साथीलाई म्याडम भन्छौं, अनि सुन्नेहरू पनि गर्वका साथ स्वीकार गर्छौं । यस्ता सम्बोधनबाट हामीले आत्मीय भाव झल्काउने आमा, दिदी, बहिनी जस्ता शब्दहरूलाई विस्थापित गर्दैछौं । यसले हाम्रो भाषा कुरुप मात्र भएको छैन, सम्बन्धको मिठास पनि हराएको छ ।

अझ पश्चिमा संस्थाहरूका लगानी र फेलोसिपमा हुर्केका सञ्चारमाध्यममा पहुँच राख्ने बौद्धिक भनिएकाहरूले त अंगे्रजीमा छाडा शब्द सहजै बोलेको देखिन्छ । सार्वजनिक समारोहमै ‘भजाइना’, ‘फक’ जस्ता शब्दहरू बोल्ने र ताली पिट्ने जमातलाई हामीले समाजको अग्रगामी शक्तिको दर्जा दिएका छौं ।

संस्कृत भाषा मात्र हैन त्यति नै पुरानो देवनागरी लिपि पनि छ हामीसँग । अझ ब्राह्मी जस्तो हजारौं साल पुरानो लिपिको इतिहास भएका हामी मौलिकताप्रति चाहिं घृणा गर्छाैं । पाँचौं शताब्दीमा बनेको, आफ्नो व्याकरण नभएको, उपनिवेश भएका देशमा आएको अंगे्रजी भाषा जान्दा सभ्य भएको ठान्ने, ब्रह्माण्डको ध्वनि विज्ञानसँग गाँसिएको, विशाल शब्दभण्डार रहेको संस्कृत भाषालाई तिरस्कार गर्ने ठाउँमा हामी किन छौं ? अब घोत्लिनै पर्छ । अरूका भाषाको सम्मान गरौं ठीक छ । आवश्यक पर्ने ठाउँमा त्यसको प्रयोग गरौं, त्यो पनि ठीक छ । तर भाषाको जननी संस्कृत भाषामा रहेको समृद्ध आयामलाई समात्न अब ढिलो गर्नुहुँदैन ।

यहाँ मैले एउटा कुरा जोड्नै पर्छ कि संस्कृति र भाषामा एकदमै अन्योन्याश्रित सम्बन्ध हुन्छ । संस्कृति प्रकृतिले तय गर्छ । हाम्रा कति नेताहरू टाई लगाएर देशको भाषा–संस्कृति जोगाउने भाषण दिइरहेका हुन्छन् । खासमा टाई बाँध्ने संस्कृति युरोपको हो । नौ महिना हिउँले ढाक्ने ठाउँ हो त्यो । त्यो पनि ऋणात्मक (माइनस) ४० डिग्रीसम्म हुने । अत्यधिक जाडो हुने, सिंगान बगिरहने भएर सिंगान पुछ्न र छातीलाई चिसोबाट जोगाउन सहज होस् भनेर उनीहरू घाँटीमा कपडा बाँधेर हिंड्ने गर्दथे । बाँध्दाबाँध्दै त्यो पछि टाईको रूपमा परिणत भएर आयो । वर्षभरि नै अत्यधिक चिसो हुने प्रकृतिका कारण त्यहाँ टाई संस्कृति बन्यो । हाम्रोमा भने अन्धनक्कलले यसलाई सभ्यताकै रूपमा अनुसरण गरियो । हुँदाहुँदा अब टाई नलगाउनेलाई ‘पाखे’ भनिने अवस्था छ ।

आत्महीन मानिसको शरीरलाई जसरी हामी लास भन्छौं, आफ्नो मौलिक सभ्यता मेटिएको समाज त्यसैगरी मृत बन्न पुग्दछ । आत्महीनताको यस रोगलाई आधुनिक सभ्यता ठान्ने परिपाटीमाथि जागरण ल्याउन धेरै ढिलो भइसकेको छ ।

नेपालमा प्रत्येक सीधा ५० किलोमिटर दूरीमा अलगअलग तापक्रम छ । उत्तरमा बक्खु, दक्षिणमा धोती लगाउनुपर्ने ठाउँ छ । बीचको पहाडमा न अत्यधिक जाडो न अत्यधिक गर्मी हुने ठाउँ छ । यहाँ उति चिसो नहुने हुनाले छाती छोप्ने दौरा–सुरुवाल लगाउँछन् । धेरै चिसो हुँदा हिमालमा बक्खु लगाउँछन् । तराईमा धोती लगाउँछन् । हामीलाई भौगोलिक अवस्था र तापक्रमले दिएका पोशाक यिनै उपयुक्त छन् । तर, हामी किन अन्य संस्कृतिका लुगा भिर्न उत्सुक ?

आयातित संस्कृतिले हामी कसरी उल्लु बनिरहेका छौं भन्ने अर्को एउटा उदाहरण हेरौं । अहिले जनवरी १ अर्थात् पुस महिनामा पर्ने विदेशी नयाँ वर्ष भन्दै युवाहरू हूल बाँधेर हिंडेको भेटिन्छ । यूरोपमा यहाँको पुसमा नयाँ वर्ष लाग्ला उहाँ मनाउन स्वाभाविक होला । तर यहाँ ? कतिले त सन्लाई नै नयाँ वर्ष मनाऔं भन्दै गरेको पो भेटिन्छ ।

सज्जन महोदय, हावाको भरमा चलाउन थालिएको होइन नयाँ वर्ष कि तपाईंलाई जहिले मन लग्यो तैले बनाउनलाई । बाह्रै महिना चिसो, कि खडेरी मात्र हुने दुई मासको देश होइन यो । ६ वटा ऋतु हुन्छन् यहाँ । चैत र वैसाख वसन्त ऋतुमा पर्छ । त्यो बेला जीव वा वनस्पतिले नयाँ पालुवा फेर्छ, जेठ असार ग्रीष्म (घाम), साउन भदौ (वर्षा), असोज कात्तिक शरद (दशैं–तिहार), मंसिर पुस हेमन्त (अन्न थन्क्याउने) र माग फागुन शिशिरमा अत्यधिक हावा चल्छ ।

यति धेरै ऋतुमा चैत सकिंदै गर्दा प्रकृतिले पुराना पात फ्याकेर खाली भएका बोटहरूले नयाँ पालुवासँगै कोपिला र फूल फुलाउन थाल्छ । वनस्पतिका मात्र हैन जीवको पनि पालुवा लाग्ने बेला हो यो । मान्छेका गाला पनि गुलावी भएर आउँछन् । हो, प्रकृतिको नयाँ जीवनसँगै नयाँ वर्ष लाग्छ अनि यहाँको नयाँ वर्ष पुसमा मनाएर हुन्छ ? प्रकृति अनुसार बनेका हुन्छन् संस्कृति, त्यसैले संस्कृति जति छोपियो त्यति हामी मौलिकता मात्र गुमाउँदैनांै हाम्रो अस्तित्व पनि मेट्नेछौं । अहिले भइरहेको पनि त्यही छ ।

हाम्रो सभ्यतामा हामी कुन घडी र पलामा जन्मियौं र त्यसबेला ग्रहको अवस्था के थियो भन्ने आधारमा नाम दिइन्छ । अहिले त नामको अर्थ पनि थाहा हुन्न । नामै पनि डेनिस, जङकी, डिसेम्बर हुन्छन् । ग्रहको अवस्था अनुसार नाम हुँदा ऊ कस्तो स्वभावको छ भन्ने कुरा ग्रहको अवस्थाले जानकारी दिन्छ । अनि नाम पनि त्यसैगरी राखिन्छ । युद्धमा स्थिर हुने युधिष्ठिर, भीम भनेको भयानक डरलाग्दो शरीर भएको ।

पहिले एउटै रहेकाे वेदलाई विस्तारित र चार भागमा विभाजित (विस्तार र विग्रह) गरेकाे हुनाले कृष्णद्वैपायन ऋषि वेदव्यास कहलाए (विस्ताराे विग्रहाे व्यास: अमरकाेष:)।

यसरी एक दुई कोणबाट मात्र हैन हरेक कोणमा अब्बल भाषा हो संस्कृत । तर संसारले चासो दिइरहेको हाम्रो संस्कृत भाषा र लिपिलाई हामीले भने महत्वहीन बनाएका छौं । हाम्रो सभ्यताले आर्जन गरेका सम्पूर्ण ज्ञान बुझ्न पनि संस्कृत भाषाको पुनरुत्थान गर्नु र समाजमा पुनः जागरण ल्याउनु आवश्यक छ ।

आत्महीन मानिसको शरीरलाई जसरी हामी लास भन्छौं, आफ्नो मौलिक सभ्यता मेटिएको समाज त्यसैगरी मृत बन्न पुग्दछ । आत्महीनताको यस रोगलाई आधुनिक सभ्यता ठान्ने परिपाटीमाथि जागरण ल्याउन धेरै ढिलो भइसकेको छ ।

ad