चीनमा  MBBS  अध्ययनरत अन्तिम बर्षका नेपाली बिद्यार्थीको भविष्य अन्योलमा

image
image आँखा संवाददाता २१ दिन अगाडी

काठमाण्डौ, चैत्र १० / एक वर्षदेखि विश्व महामारी COVID- 19  ले गर्दा चीनमा  MBBS  अध्ययनरत अन्तिम बर्षका नेपाली बिद्यार्थीको भविष्य अन्योलमा परेको छ। 
विश्व महामारी COVID- 19 ले गर्दा भविष्य अन्योलमा परेका चीनमा MBBS अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरु प्रति नेपाल मेडिकल काउन्सिल गैर जिम्मेवार वन्दा  उनिहरुको भविष्य अन्यौलामा परेको हो ।

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई  सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि जान पाएका छैनन् । त्यहि कारण उनीहरुले अहिले सास्ती खेपिरहेका छन ।

MBBS पढिसकेर कोरोनाको कारण नेपाल फर्किएका बिध्यार्थीहरूको जम्मा ३-४ महिना इन्टर्नसिप बाँकी छ । बाँकी पढाइ र इन्टर्नसीपका लागि चीन जानसक्ने अवस्था नभएपछि  र  बिगत १४ -१५ महिना देखि नेपाल मेडिकल काउन्सिल सँग बारम्बार सघर्ष गर्दा पनि काउन्सिलको ध्यानाकर्षण नभएपछि  उनीहरुको भविष्य अन्यौलमा परेको हो ।

चिनबाटै फर्किएका अन्तिम बर्षका MD विध्यार्थीहरूलाई भने धेरै दबाब आएपछि बाँकी अध्ययन नेपालमै गर्ने व्यवस्था मिलाएको छ । तर अहिले सम्म  MBBS का विध्यार्थीहरूलाई काउन्सिलले वास्ता नै गरेको छैन ।

उनीहरुले सोमबार नेपाल मेडिकल काउन्सिल अगाडि शान्तिपूर्ण रुपले माग पूरा गरिदिन धर्ना दिएका छन् । चीनको विश्वविद्यालयले अहिलेको परिस्थितिमा बिद्यार्थीहरुलाई बोलाउन नसकिने जानकारी दिएपछि उनीहरुले नेपालमै छोटो समयको बाँकी इन्टर्नसिप दिलाइदिन माग गरेका छन् ।

झन्डै एक वर्षदेखि रोकिएको बिद्यार्थीहरुको इन्टर्नसिप अझै एक वर्ष टुंगो नलाग्ने भएपछि र सबै निकायलाई यसबारे जानकारी भएतापनि मौन बसेकाले उनीहरु निराश भएका हुन् ।

कोरोना भाइरसको महामारीसँग देशमा स्वास्थ्य जनशक्तिको खाँचो हुँदा निशुल्क स्वास्थ्य सेवामा जुट्न तयार भएपनि विद्यार्थीहरुलाई अन्यौलमा राखिएको छ ।

कोरोनाको महामारीमा जहाँ अन्य मुलुकहरुले आफ्ना देशका मेडिकल विद्यार्थीहरुलाई सहजीकरण र जनशक्ति तयार हुने भएकाले नियमहरुमा लचकता ल्याएपनि नेपालमा भने बिद्यार्थीहरुलाई अझै २—३ वर्ष भएपनि कुर्नु पर्छ भन्ने सोच राख्ने निकायहरुप्रति बिद्यार्थीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

उनीहरुले नेपालमै केही समय बाँकी रहेको इन्टर्नसिप पूरा गरिदिन विभिन्न निकायमा सहयोग माग्दा वास्ता नभएको गुनासो गरेका छन् ।

ad