" भो नलेख अर्थहीन कविताहरु "

image
image राजु वराल २२ दिन अगाडी

 " भो नलेख अर्थहीन कविताहरु "

बाटो जता मोडे पनि ताली बज्न थाले पछि भोक ,

रोग र शोकलाई कन्टेनरमा फाले पछि तिम्रो कविताको के अर्थ र ?

दिउसै रात पर्न थाले पछि

न त तिम्रो कविता रेड कार्पेटमा पस्न सक्यो

न त तिम्रो कविता

बन्द कोठा भित्रको खेलमा रम्न सक्यो

न त तिम्रो कविता व्हिस्की र डिस्कोमा जम्न सक्यो

खोइ कसरी सम्झाउ तिमीलाइ

तिम्रो कविताको के अर्थ र ?

किन भने तिमी कवितामा

भुइँ मान्छेको चीत्कार लेख्छौ

जसको कुनै उचाइ छैन पसिनाको पुजा गर्छौ

जस्को कुनै मूल्य छैन

पटपट फुटेका गोडाहरु

अनि ठेला फुटेका हातहरु

यस्तै यस्तै भो

अब नलेख अर्थहीन कविताहरु

न त तिम्रो कविताले

अब चुल्हो धुवाउन सक्छ

न त तिम्रो आलो घाउमा

कसैले मल्हम पट्टी लाउन सक्छ ।

-राजु वराल

ad