कीर्तिपुर नगरपालिका र कृषि बिकास बैंकबीच बैंकिङ्ग कारोबारका लागि पाँच बर्षे सम्झौतामा हस्ताक्षर

image आँखा संवाददाता बिहीबार, माघ २२ २०७७
image

माघ २२ काठमाडौँ । कीर्तिपुर नगरपालिका र कृषि बिकास बैंकबीच बैंकिङ्ग कारोबार सम्बन्धी पाँच बर्षे सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको सम्पूर्ण बैंकिङ्ग कारोबारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी माघ १९ गते दुबै सस्था बिच सम्झौता सम्पन्न गरेको हो । 

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सम्झौता गर्नुभएको थियो  । पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गदै नगर प्रमुख महर्जनले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको बताउनु भयो । 


बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले े नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्बित भएको उल्लेख गर्नुभयो । साथै नगरपालिकाको बैकिङ्ग सेवा प्रवाहमा गुणस्तरीयता प्रदान गर्दै नगरपालिकाका सेवा ग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न बैंकसगको सहकार्यले थप अवसर सृजना गरेको उपाध्यायले बताउनु भयो । 
सम्झौतामा बैंकले नगरपालिकाको सम्पुर्ण सरकारी कारोबार गर्नेछ  भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । 

बैंकले नगरपालिका क्षेत्रमा कारोबार गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि सहुलियत दरमा कर्जा प्रदान गर्ने जानकारी दिएको छ । सम्झौता अनुसार बैंकले नगरपालिका र नगरपालिकामा आवद्ध कर्मचारीलाई निःशुल्क विद्यूतिय भुक्तानीका सेवा समेत उपलब्ध गराउने छ । 


सम्झौता समारोहमा नगरपालिकाको तर्फबाट उप–प्रमुख प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थिती रहेको थियो । 
त्यसैगरी, बैंकका तर्फबाट उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, धु्रव चन्द्र गौतम, दिर्ध वहादुर अर्याल, वाग्मती प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा, सम्वृद्धि कार्की, विनोद कोइराला लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।