बिर्तामोड भद्रपुररोडमा धमाधम कालोपत्रे

image आँखा संवाददाता बुधबार, पौष २९ २०७७
image

बिर्तामोड, पुस २९ । समयमै कालोपत्रे हुन नसक्दा स्थानीय र आगन्तुकले सास्ती बेहोर्दै आएकोमा बिर्तामोडको भद्रपुररोड सडक खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ ।

निर्माण व्यवसायी केदार गिरीका अनुसार सरकारले समयमै रकम भुक्तानी नदिए पनि काम गरिरहेको बताए । सडक बनाउने म्याद सकिए पनि गिरीले कालोपत्रेको काम थालेका हुन् ।

आफूले पाउने रकम सरकारले नदिए पनि अबको एक महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने उनले बताए । ‘अब लगातार कालोपत्रेको काम हुन्छ’, गिरीले भने, ‘कम्तिमा ६० एमएम मोटाइको कालोपत्रे गरिरहेका छौँ ।’

सरकारले रकम नदिएपछि केही समय सडक निर्माणको काममा ढिलाइ भएको थियो । समयमा काम नसकेको भन्दै सडक डिभिजन विभागले म्याद थप गरेको छैन । म्याद थपका लागि माथिल्लो तहसम्म पहल भइरहेको बताइएको छ ।

शुक्रबारदेखि कालोपत्रेको लागि प्राइम हाल्ने काम भइरहेको छ । उनले जेठदेखि पैसा नपाएको जानकारी दिए । बिर्तामोडको मुक्तिचोकदेखि गरामनी छेउसम्म चार लेनको सडक निर्माणको जिम्मा पाएको आशिष–पे्ररा जेभीले बिर्तामोडको कञ्चन निर्माण सेवालाई कामको जिम्मा दिएको छ । कालोपत्रे सुरु भएसँगै बिर्तामोडको स्वरुपमा परिवर्तन देखिन थालेको छ ।-झापा टुडेबाट