भाद्र २८ सिराहा ।
मिर्चैया नगरपलिकाका प्रमुख श्रवण यादवले विपक्षीहरु चुनावमा आफू सङ्ग हारेको कारणले आफू माथी रिस साध्न विरुद्धमा लागेको बताउनुभएको छ । प्रमुख यादवले विपक्षीहरु नाराबाजी र प्रदर्शन गरेर आफुविरुद्ध आम जनतामा भ्रम छर्न लागेको गुनासो व्यक्त गर्नुभएको हो ।
आँखा डटकम सँग कुराकानी गर्दै प्रमुख यादवले विपक्षीले मागेको सूचना तथा जानकारीको अधिकांश कागजात तयार रहेको र बाँकी तयार भएपछि जनताकै बिचमा सर्वजानिक गरिने समेत बताउनु भएको छ ।
आफुलाई विपक्षीले जिताएको नभएकाले बिपक्षी सगँ जवाफदेही हुन आवश्यक नरहेको र जनताप्रति आफु सधै बफादार रहेको बताउदै प्रमुख यादवले मिर्चैया नगरपालिकाका जनताको सबै समस्या आफु र नगरपालिलको भएको उल्लेख गर्नु भयो ।
यस महामारीको समयमा पनि मिर्चैया नगरपलिकाका सबै कर्मचारीहरु आफ्नो ज्यान को प्रभाव नगरिकन रात दिन खटिएको भन्दै आफुहरु निरन्तर जनताको सेवामा लागिरहने समेत बताउनुभयो ।
साथै उहाँले विपक्षीलाई जनतामा आफु र नगरपालीका बिरुद्ध भम्र नछर्न समेत आग्रह गर्नुभयो ।