गजल

image भूषण हुमागाईं बिहीबार, श्रावण २९ २०७७
image

तिमीसामु धेरै सरकार  आए 
निजी स्वार्थ साध्ने दरकार  आए  ।
छरी ईत्र काेठा तकिया लगायौ
दिवाना बनेका फनकार   आए  ।
सकेसम्म ढाली मदिरा जुटायौ
अझै रात ढल्दा परिकार  आए ।
स्वयंलाई च्याती गजलमा लुटायौ
कुनै वृद्ध अाए ,सुकुमार  आए  ।
गुलाफी उज्यालो मदअन्ध सारा
घृणायुक्त बाेली फटकार  आए  ।
लिई स्वाद तिम्रो अनि फेरि मारी
तिमी फ्याँकियौ रे,समाचार  आए ।