मेची पुल पारी भारतको गलगलिया जोडने मार्गको निर्माण कार्य शुरु

image ४ बर्ष अगाडी
image

झापा, २६ असार ।
भद्रपुरमा निर्मित मेची पुल पार गरेर भारत गलगलिया जोडने मार्गको निर्माण कार्य शुरु  भएको छ । भारत विहार सरकारले नव निर्मित मेची पूल बाट पूर्व भादगाँउ गलगलिया तर्फ जाने ६ सय मिटर लामो बाटो निर्माण कार्य शुरु गरेको हो । बाटोमा १५ मिटरको पूल पनि निर्माण हुदैछ ।
नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणी रेग्मीका अनुसार ८ करोड ७ लाख भारतीय रुपैयामा सो वाटो निर्माणको ठेक्का  लागेको छ । पटना स्थित शान्ति कन्स्ट्रक्सन कम्पनीले सो वाटो ठेक्का लिएर काम शुरु गरेको हो ।
नेपाल भारत सीमा क्षेत्रको मेची पुल पारिवाट शुरु भएर भादगाँउ जाने टेम्पो स्टेण्ड सम्म पुग्ने सो बाटोको काम ७ महिना भित्रमा पूरा गर्ने गलगलियाका पूर्व मुखिया गणेश रायले वताउनुभयो ।
भद्रपुर छेउ मेची पुल निर्माण सम्पन्न भइ प्रधानमन्त्रि केपी शर्मा ओलिले उदघाटन समेत गरिसकेको भए पनि सीमा पारि र यता नेपाल तर्फ पनि हुलाकी मार्ग संग सडक पुल नजोडिए पछि पुलबाट ठुला सवारी साधन आवाज जावत हुन पाएको छैन ।

 

ad