अजोड इन्स्योरेन्सको आपिओमा पर्यो ६ गुणाबढी आवेदन

image सोमबार, आषाढ २९ २०७७
image

 काठमाडौं,  २९ असार –  अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा माग भन्दा  ६।०१९ गुणा बढी आवेदन परेको छ । 

असार २५ गतेदेखि निष्कासन गरेको आइपीओमा (आज) सोमबार अन्तिम दिनसम्म उक्त गुणा बढी आवेदन परेको हो ।  निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलको अनुसार अन्तिम दिन सोमबार बेलुका ५ बजेसम्म ४ लाख ५८ हजार ६४९ जना आवेदकले १ करोड ८० लाख ५८ हजार कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो नै अन्तिम रिपोट भने होइन, अझै बढ्ने क्यापिटलले जनाएको छ । कम्पनीले निश्कासन गरेको आवेदन माग कित्ता र आवेदन परेको कित्ताका अनुपातमा माग भन्दा ६।०१९ गुणा बढी आवेदन परेको हो । 

कम्पनीले  एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।