दुई नेता सहमति नजिक पुगेको विषयलाई लिएर पार्टीकै कतिपय नेताको तिखो प्रतिक्रिया आउनु दुःखद : सांसद् महेश बस्नेत

image किशोर निरौला सोमबार, श्रावण ५ २०७७
image

श्रावण ५ भक्तपुर । 
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा खोज्ने विषयमा कुनै तुक नरहेको  सांसद् महेश बस्नेत  बताउनु भएको छ  । अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको राजीनामाले राष्ट्रिय संकट निम्त्याउँने भन्दै सांसद बस्नेतले बाह्य शक्तिले नेपालमाथि हस्तक्षेप र आक्रमण गर्न खोजिरहेको अवस्थामा नेकपा मात्र नभइ राष्ट्रका सबै शक्ति एक हुनुपर्ने उल्ल्ेख गर्नुभयो । 
राष्ट्रमा विपत्ति आएको बेला पार्टी र सत्ताको लडाईं लड्नु राष्ट्रिय संकट निम्त्याउनु भएको सांसद् बस्नेतको भनाइ छ । यसले राष्ट्रियतालाई संकटमा पार्ने र विदेशी हस्तक्षेपलाई खुल्ला आमन्त्रण गर्ने काम भएको भन्दै यो अत्यन्त अव्यवहारिक कुरा हो, कहाँबाट हाम्रा नेतालाई यस्तो भूत चढ्यो, यस्तो काममा संलग्न नेताले क्षमा माग्नुपर्छ ।’
स्थायी कमिटीमा बसेर पार्टीमा द्वन्द् चर्काइ प्रधानमन्त्रीलाई जबरजस्ती अपमानित ढंगले निकालेर प्रधानमन्त्रीदेखि राष्ट्रपति र पार्टी अध्यक्षसम्म बन्ने सपना देखेका नेताले पार्टी एकता नचाहेको सांसद् बस्नेतले बताउनुभयो । अहिले एकतातर्फ पार्टी जान लागेपछि उनीहरुको वर्वराहट बाहिर आएको छ’ बस्नेतले भन्नुभयो ।
पार्टीभित्र निकै लामो छलफल वहस र अन्तरिक्रयापछि अन्ततः दुवै अध्यक्षले पार्टीलाई विधि अनुसार अगाडि बढाउने कुरामा सहमति जनाएको उहाँले बताउनुभयो । ‘दुवै अध्यक्षले मंसिरमा महाधिवेशन गर्ने अनौपचारिक सहमति गरेका र त्यसलाई स्थायी कमिटीले अनुमोदन गरेर जाने खालको सहमति भयो भन्ने कुरा बुझिएको छ, यो अत्यन्त सही र उचित निर्णय हो’ । 
कम्युनिष्ट पार्टीको विभाजनलाई प्रतिक्षा गरिरहेका विभिन्न देशी विदेशी शक्ति दुई अध्यक्षको निणर्यबाट निराश भएको उहाँले जिकिर गर्नुभयो । 
अहिलेको सहमतिले पार्टीलाई जोखिमपूर्ण दुर्घटनाबाट जोगाउने काम गरेको बताउदै बस्नेतले  दुई अध्यक्ष विवेकपूर्ण फैसलाको नजिक पुगेकाले यसलाई कसैले पनि भाड्न नहुने उहाँको भनाई छ । ‘विशेष गरेर विधिको वकालत गर्ने हौँ भन्ने पार्टीकै नेताहरु नै मंसिरमा महाधिवेशनमा जाने कुराको विरोधमा उत्रिनु, महाधिवेशन मान्दिन, यो काइते कुरा हो, प्रधानमन्त्रीले पद टार्नका लागि भनेको कुरा हो भन्नु पूर्वाग्रहपूर्ण टिप्पणी हो’ । 
दुई नेता सहमति नजिक पुगेको विषयलाई लिएर पार्टीकै कतिपय नेताको तिखो प्रतिक्रिया आउनु दुःखद भएको बस्नेतले बताउनुभयो । ‘ यस्ता टिप्पणीले केपी ओलीको पद र व्यक्तित्वप्रति केही नेताको पूर्वाग्रह रहेछ भन्ने देखायो । सचिवालयका ११ जना नेता, देशभरका केन्द्रीय सदस्य,  सांसद् र तलका नेता कार्यकर्ताको भूमिकाले नेकपा पार्टी थेगिएको समेत उहाँले दाबी गर्नुभयो । 

आँखा डटकम सगँ कुराकानी गर्दै सांसद बस्नेतले विषयवस्तुको वस्तुनिष्ठ समीक्षा नगरी पूर्वाग्रह राखेर एउटा तहमा पुगेका नेताको टिप्पणी र आलोचना नगर्न पनि उहाँले नेताहरुलाई सुझाव दिनुभयो । ‘जब सहमति नजिक पुगेको छ, पार्टीभित्र खेल्नेको मनमा वेचैनी देखिएको छ, प्रधानमन्त्रीलाई जवरजस्ती गलहत्याएर त्यो ठाउँमा राज गर्न पाइन्छ भन्ने सपना सजाएर बसेकाहरु अहिले तिल्मिएका छन ।