पश्चिमी वायुको प्रभावले प्रभावित मौसममा आजदेखि क्रमिक सुधार हुँदै जाने

image मङ्गलबार, जेष्ठ २० २०७७
image

काठमाडौं, जेठ २०ः पश्चिमी वायुको प्रभावले केही दिन देखि प्रभावित मौसममा आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको थियो । तर अव दुवै मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले आजबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । यसैबीच यसबर्षको मनसुन करिव १ हप्ता ढिलो शुरु हुने पूर्वानुमान महाशाखाले गरेको छ ।-