ओम साईका कर्मचारीकाे सामूहिक म्यादी जीवन बीमा सिटिजन लाइफमा, काेराेना बीमा शीखर इन्स्याेरेन्समा

image सोमबार, जेष्ठ १९ २०७७
image

झापा । ओम साई पाथिभरा अस्पताल भद्रपुरले आफ्ना सम्पूर्ण कर्मचारीहरुको सामूहिक म्यादी जीवन बीमा सम्झौता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा गरेको छ भने कोभिड -१९ बीमा शिखर इन्स्योरेन्ससँग गरेको छ ।

ओम साई पाथिभरा अस्पतालका निर्देशक बालकुमार पोखरेल तथा प्रशासन प्रमुख दीपकुमार पौडेल र सिटिजन लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय शाखा प्रमुख उत्तम कोइराला तथा शिखर इन्स्योरेन्सको तर्फबाट शाखा प्रमुख प्रकाशचन्द्र निरौलाले आ-आफ्नो कम्पनीबाट जारी गरिएको बीमालेख हस्तान्तरण  गरेका छन् । 

अस्पतालका निर्देशक पोखरेलले अस्पताल कर्मचारीहरुकाे स्वास्थ्य तथा जीवनसँग सदैव सचेत रहेकाेले नै कोभिड -१९ बीमा तथा सामूहिक म्यादी जीवन बीमा गरिएको बताए । 

सिटिजन इन्स्योरेन्सका  क्षेत्रीय शाखा प्रमुख उत्तम कोइरालाले मुलुक कोरोनाको त्रासमा रहेको बेला ओम साई अस्पतालले बीमा सम्झौता गरेर कर्मचारीप्रति उत्तरदायी देखााएको बताए । 
त्यसैगरि शिखर इन्स्योरेन्सका शाखा प्रमुख प्रकाशचन्द्र निरौलाले विषम् परिस्थितीमा पनि इन्स्योरेन्स कम्पनीले दिने सेवामा कुनै कमी नआउने प्रतिवद्धता व्यक्त गरे ।