नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टी, सङ्क्रमित हुनेको सङ्ख्या २,०९९ पुग्यो

image मङ्गलबार, जेष्ठ २० २०७७
image

काठमाडौं, जेठ २०ः नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या २,०९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज ४५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कुल २६६ डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।-