बोर्डर आउट पोष्ट (बीओपी) को संख्या ५ सय पुयाउने गृह मन्त्रालयको तयारी

image ४ बर्ष अगाडी
image

असार १४ काठमाण्डौ । 
सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाउन धमाधम बोर्डर आउट पोष्ट स्थापना गरिरहेको छ ।  गृह मन्त्रालयले बोर्डर आउट पोष्टको संख्या ५ सय पुयाउने तयारी गरिरहेको छ । गृह मन्त्रालय श्रोतका अनुसार ८९ वटा नयाँ  बीओपी थप्ने प्रक्रिया अगाडि बढिसकेको छ । यो सँगै भारत र चीनका सीमानामा २२२ वटा बीओपी रहनेछन्।
चालु आर्थिक वर्षभित्रै २१ वटा बीओपीको स्तरोन्नती भएको  र अन्य पनि स्तरोन्नती गर्ने काम समेत भैरहेको गृह मन्त्रालयले जनाएको छ । 
स्थापनाको तयारीमा प्रदेश १ का सीमानामा ३०, प्रदेश २ मा १३ र बागमती प्रदेशमा दुई वटा स्थापना हुने भएका छन ्। यस्तै प्रदेश ५ मा ३६ वटा र सूदुरपश्चिम प्रदेशका सीमानामा १३ वटा बीओपी रहने मन्त्रालयले जनाएको छ । 
हाल भारत र चीन तर्फका सीमानामा ८६ वटा बीओपी रहेका छन।